रुकुम– अशंको विवादमा एक युवकले भाईको हत्या गरेका छन्।
रुकुम(पश्चिम) बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा स्थित डिल्ली पुनको घरमा आठबिसकोट ठुली वार्खु बस्ने बर्ष ५२ को रुद्रे पुन मगरले भाई जोख बहादुर भन्ने ईन्द्रे पुन मगरको हत्या गरेका हुन्। सुतिरहेको अवस्थामा दाउराले टाउकोमा हानेर उनले हत्या गरेका हुन्।
अशं बण्डासम्बन्धि कामको शिलशिलामा खलंगा गई घर फर्कने क्रममा बेलुका भएपछि उनीहरु त्यहाँ बास बसेका थिए। उनीहरुबीच अदालतमा अंश बण्डाको मुद्दा चलेको थियो। सोही विवादमा बिहिबार बिहान ३ बजे उनले भाईको हत्या गरेका हुन्।
हत्यापछि उनी आफैं जिल्ला प्रहरी कार्यालय रुकुममा उपस्थित भएका थिए। उनलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।