• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस जिल्ला सभापतिका अपेक्षा : संघीय संरचनाअनुरुपको एकत्रित संगठन र सबल नेतृत्व

64x64
नेपाल लाइभ बिहीबार, असार ७, २०७५  ०२:२२
1140x725

हेटौँडा– नेपाली कांग्रेसको ‘मिनी महासमिति’ बैठक अर्थात् जिल्ला सभापतिहरुको भेला मंगलबारदेखि प्रदेश ३ को राजधानी हेटौँडामा जारी छ। आजदेखि जिल्ला सभापतिहरुले विधान संशोधनका विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्दैछन्। भेलाले दिएको सुझावका आधारमा महासमिति बैठकले विधानलाई अनुमोदन गर्नेछ।

‘शिथिल’ कांग्रेसको लागि हेटौंडा भेलाले कस्तो सन्देश दिनेछ? त्यसले कांग्रेसको भविष्य निर्धारण गर्ला? कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा उपस्थित केही सभापतिहरुको भेलाप्रतिको अपेक्षाः

'संगठन व्यवस्थित र थप एकत्रित हुने अपेक्षा छ'

–सुरेन्द्रराज आचार्य, कपिलवस्तु जिल्ला सभापति

नेपाली कांग्रेसलाई ऊर्जा दिनको लागि नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला भइरहेको छ। यस भेलापछि नेपाली कांग्रेसको संगठन व्यवस्थित र थप एकत्रित हुने अपेक्षा गरेको छु।

आगामी दिनमा सत्ता बाहिर रहेको कांग्रेसलाई कसरी प्रतिस्पर्धी बनाउने भन्ने चुनौती हामीमाझ छ। मुलुक संघीयतामा गइसकेको छ। हाम्रो संगठन भने संघीयताको ढाँचा अनुरूपको हुन सकेको छैन। विधानको अभावमा संघीयता अनुसार कमिटी निर्माण हुन सकेको छैन। अहिलेको सम्मेलनमा विधान संशोधनको विषयमा व्यापक कुराहरू उठाउँछौँ। केन्द्रले नयाँ संरचना अनुसार संगठन निर्माणको प्रक्रिया छिटो सुरू गरोस् भन्ने हामी जिल्ला सभापतिहरुको चाहना हो। पार्टीलाई मजबूत र संगठित बनाएर अघि बढाउनका लागि हामी आ–आफ्नो राय व्यक्त गर्छौं।

यसबाहेक पार्टीका केही आन्तरिक कुराहरु पनि छन्। पार्टीका केही कुरा सुधार गर्नुपर्ने राय पनि राख्नेछौं। केन्द्रलाई सुझाव, सल्लाह दिएर पार्टीलाई उचाइमा पुर्याउन भेला सहयोगी बन्नेछ।

'पार्टी सदस्यता तिन प्रकारले वितरण गरिनुपर्छ'

Ncell 2
Ncell 2
nimb
nimb

–हरी बोहरा, कञ्चनपुर जिल्ला सभापति

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला केन्द्रीय नेतृत्वको आलोचना भइरहेको समयमा चलिरहेको छ। भेलापछि कांग्रेसका कार्यकर्तालाई देशभरी नै कांग्रेस जागेको सन्देश जानेछ। यसै भेलाबाट कांग्रेस भित्र कुनै पनि विवाद छैन भन्ने सकरात्मक सन्देश पनि प्रवाह हुनेछ।

विशेषगरि कांग्रेसको क्रियाशील सदस्य र विभागहरुको बारेमा छलफल गरिने छ। महाधिवेशनमा चुनाव लड्नको लागि बनेको विधानलाई संशोधन गरेर नेपाली कांग्रेसको असल कार्यकर्ताले क्रियाशिल सदस्यता पाउनुपर्ने गरी विधान संशोधन गर्नुपर्ने छ।

कञ्चनपुर कांग्रेसको तर्फबाट मेरो धारणा के छ भने सदस्यता तीन किसिमको हुनुपर्छ भन्ने छ। साधारण, क्रियाशिल र विशेष सदस्यता हुनुपर्छ। विशेष सदस्यले मात्रै महाधिवेशनमा भाग लिन पाओस् भन्ने कञ्चनपुर कांग्रेसको भनाइ छ।

Xtrem

Xtrem

'नेतृत्व तह पनि क्षेत्रबाट निर्वाचित भएर महाधिवेसन प्रतिनीधि बन्नुपर्छ'

–किरण कोइराला, बाँके सभापति

हाम्रो मुल उद्देश्य के छ भने पार्टीलाई ‘करेक्सन’ गर्नुपर्यो। पार्टी पुरानो परम्परामा हिँड्यो। नेतृत्व वर्गलाई हामी जे गर्दैछौँ त्यही ठीक हो भन्ने लागेको छ। तल्लो तह देखिको शक्तिको कारणले कुर्चीमा बस्न पाएको नेतृत्वले बिर्सिएको छ।

सबै जिल्ला सभापतिहरूले के सोचिरहेका छौं भने नेतृत्व तल्लो तहदेखि नै क्षेत्रीय प्रतिनिधि भएर आउनुपर्छ। ‘ग्रास रुट’मा नगइकन सिधै महाधिवेशन प्रतिनिधि बन्ने काम रोकिनुपर्छ। क्षेत्रीय प्रतिनिधि भएर छनोट भए मात्रै तलको संगठनप्रति नेतृत्वको ख्याल हुन्छ।

पार्टीमा प्रशिक्षण चलाउनु पर्छ। सातै प्रदेशबाट एउटै धारणा बनाई भेलामा पेश गर्ने हाम्रो सोच छ। सातै प्रदेशको एउटै धारणा बन्यो भने केन्द्रले तदअनुरूप विधान बनाउन बाध्य हुन्छ।

हामीले प्रस्तुत गरेको धारणा लागू नहोला की भन्ने चिन्ता पनि छ। भेलाको लागि भेला भयो भने सभापतिहरुको भेलाको प्रभावकारिता हुँदैन। कार्यकर्तालाई के आशा छ भने भेलाले ठोस निर्णय गरि काम गर्न ऊर्जा आओस्। अहिले त सबै सेलाएका छन्। फर्कने बेलामा ऊर्जा सहित फर्कन्छौं भन्ने आशा छ। केन्द्रीय नेताहरुको भरोसा अहिले टुटेको छ।

'नेतृत्वले पार्टी सखाप पारेको कार्यकर्ताको चिन्ता छ'

–लिला बोखिम, ताप्लेजुङ, सभापति

कार्यकर्तामा निराशा छ। पार्टी नेतृत्वले नेपाली कांग्रेसलाई सिध्याउन लागेको कार्यकर्ताले चिन्ता व्यक्त गर्छन्। सभापतिहरुको भेलामा आउनु अघि स्थानीय तहका ४ गाउँपालिका पुगेको थिएँ। संघीयता आइसकेपछि स्थानीय कमिटीहरु नै छैनन्।

हेटौंडाबाट फर्किंदा नेपाली कांग्रेस बलियो भएको सन्देश लिएर जाने अपेक्षा गरेकी छु। गुट–उपगुटले कांग्रेस कमजोर हुँदै गएको छ। संघीयता अनुसारको विधानले पार्टीलाई मजबूत बनाउने सहभागी सबै सभापतिहरुको विश्वास छ।

'जिल्ला सभापतिहरुको भूमिकालाई कमजोर पार्न हुँदैन'

–जगदिश्वर नरसिंह केसी, नुवाकोट सभापति

हाम्रो सिद्धान्त ठिक भएपनि आचरण जनमुखी भएन। आम मतदाता सामु बढीभन्दा बढी जोडिनुपर्ने पार्टी संगठनको संरचना बन्नुपर्नेमा जनतासँग टाढिने अवस्था बनेको छ। नेपाली कांग्रेसले आगामी पाँच वर्षमा गर्ने सामाजिक आन्दोलनका कार्यक्रम पहिचान गर्नुपर्छ। कांग्रेसमा पुनर्जागरण अभियानको आवश्यकता रहेको छ। पार्टीको अवाच्छित गुट–उपगुटलाई रोक्नुपर्नेमा कतिपय सभापतिहरु नै गुट सञ्चालन गरिरहनु भएको छ।

विधान संसोधन, गुटको अन्त्य, निर्वाचनको समिक्षामा सभापतिहरुको भेला केन्द्रीत हुने छ। टिकट वितरणका समयमा सभापतिहरुको भूमिकालाई नजरअन्दाज गरिएको थियो। त्यसबारेमा पनि धारणाहरु आउनेछन्। राष्ट्रिय भेलापश्चात् बलियो र जुझारु कांग्रेस बनेर फर्कनेछौँ। 
 

प्रकाशित मिति: बिहीबार, असार ७, २०७५  ०२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
१० दिन सुरुङभित्र बिताए, मृत्यु जितेर घर फर्किए महर्जन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्