काठमाडौं– नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्र अन्तर्गत फ्युज सेवा कार्यालय गड्डाचौकीमा कार्यरत कर्मचारी हर्कबहादुर चन्द घुुससहित पक्राउ परेका छन्।
नियमानुसार राजश्व तिरी विजुलीको पोल अन्यत्र सारी दिनु भनी दिएको निवेदनमा आलटाल गरी विभिन्न बाहना बनाइ उनले सेवाग्राहीसँग घुस मागेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बुधबार उनलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।