विराटनगर- लागुऔषध मुद्दाका एक फरार अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका ६ का ३८ वर्षीय रोशन चौधरीलाई प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोलीले विशेष सुराकी परिचालन गरी घरबाटै पक्राउ गरेको हो।
चौधरीलाई मोरङ जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार मोरङ पठाइएको प्रहरीले जनाएको छ। उनलाई लागुऔषध मुद्दामा दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।