जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा संक्रमणकाल अझै कायमै रहेको बताएका छन्।
संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसक्नु र एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नु नसक्नु नै संक्रमणकाल भएको उनको तर्क छ।
निर्वाचन आयोगले बुधबार जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले तीन वटै तहका सरकारबीच समन्वय गरेर सहअस्तित्व स्वीकार गर्ने चुनौती कायमै रहेको बताए।
उनले संघ, प्रदेश र स्थानीय सरकारले समन्वय गरी अगाडि बढ्नुपर्ने बताए।
संघीयता कार्यान्वयनमा न्यायपालिकाको भूमिका महत्वपूर्ण हुने भन्दै न्यायपालिकाको सहयोगबिना संघीयता पूर्णरुपमा कार्यान्वयन हुनै नसक्ने राउतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।