• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०७५  १०:०७
1140x725

बुटवल– रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

बुधबारबाट सुरु भएको तेस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख वासुदेव घिमिरेले ‘सामुदायिक विद्यालयको शैक्षिक र भौतिक सुधारः बालबालिका विद्यालय प्रवेशको पहिलो आधार’ भन्ने नाराका साथ समग्र शिक्षा प्रणालीको सुधारका लागि अगाडि बढ्ने जानकारी गराए।

सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु गरिसकेको तिलोत्तमाले विद्यालयप्रतिको आकर्षण बढाउन शैक्षिक र भौतिक पक्षको सुधारका साथै स्कुल बस सञ्चालनमा सहयोग गर्नेसम्मका कार्यक्रम अघि सारेको छ।

आगामी ३ वर्षभित्र सामुदायिक र संस्थागत विद्यालयबीचको दूरी हटाउने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा उल्लेख छ।

‘स्वस्थ नगरवासी : स्वस्थ नगर’ भन्ने नाराका साथ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समतामूलक पहुँच सुनिश्चित गर्ने कार्यमा नगरपालिका क्रियाशील रहने उल्लेख गर्दै नगर प्रमुख घिमिरेले निकट भविष्यमा कार्यान्वयन हुने स्वास्थ्य बिमा कार्यक्रम अन्र्तगत वडा नम्बर १७  का नागरिकलाई स्वास्थ्य बिमामा लाग्ने रकमको ३० प्रतिशत रकम अनुदान दिनगरी बजेट व्यवस्था मिलाइने जानकारी गराए।

यस्तै, नीति तथा कार्यक्रममा वडा नम्बर ७ मा रहेको सेमरा बजार स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी २५ शय्याको अस्पतालका रुपमा विकास गरिने, वडा नम्बर १७ मा रहेको ‘बिपी ग्राम’ लाई आवश्यक भौतिक पूर्वाधारसहित स्वास्थ्य केन्द्रका रुपमा सञ्चालनमा ल्याइने जनाइएको छ।

‘एक घर, एक करेसाबारी : पकेट क्षेत्रमा व्यावसायिक तरकारी’ भन्ने नाराका साथ वडा नम्बर १४ लाई ‘तरकारी पकेट क्षेत्र’ र अन्य वडाहरुमा ‘एक घर : एक करेसाबारी’ को नीति अवलम्बन गर्दै आगामी एक वर्षभित्र तरकारीमा आत्मनिर्भर हुने नगरपालिकाको लक्ष्य छ। कृषि तथा पशुपालनमा अनुदानका विभिन्न कार्यक्रम अघि सार्दै नगरपालिकाले ‘व्यावसायिक रुपमा काम गर्ने किसानलाई नगरपालिकाको सम्मान : सबै किसानलाई उत्पादनमा आधारित अनुदान’ नीति अवलम्बन गरिने जनाएको छ।

पशु बिमा अनुदान र बाली तथा पशु संरक्षण कोषलाई थप व्यवस्थित गरिने जनाउँदै नगर प्रमुख घिमिरेले सहकारी खेती प्रणाली, सहकारी संघ संस्थासँगको सहकार्यमा थ्रीपी मोडलमा उत्पादनमूलक उद्योग व्यवसाय सञ्चालन, भैलुभुज लगायत सिँचाइ प्रणाली र बोरिङहरुलाई पूर्वअवस्थामा सञ्चालनमा ल्याउन प्रोत्साहन गर्दै सिँचाइमा लाग्ने विद्युत् महसुलमा १० प्रतिशत अनुदान दिने व्यवस्था मिलाउने नीति नगरपालिकाले लिएको उल्लेख गरे।  

Ncell 2
Ncell 2
nimb
nimb

कम्तीमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमूलक उद्योगका नाममा रहेको जमिनमा लाग्ने एकीकृत सम्पत्ति करमा १५ प्रतिशत छुट दिने नीति नगरपालिकाले अवलम्बन गरेको छ। वडा नम्बर २ र १५ वडा कार्यालयलाई ‘तालिम केन्द्र’को रुपमा विकास गर्दै आगामी आर्थिक वर्षमा सीपयुक्त र स्वरोजगारमूलक बनाउनेगरी न्यूनतम ५ सय युवायुवतीलाई तालिम प्रदान गरिने, वडा नम्बर १० मा ‘तिलोत्तमा उद्योग ग्राम’  स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने नगरपालिकाको नीति छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत जोगीकुटी र कोटिहवामा बुद्धमूर्तिसहितको आकर्षक प्रवेशद्वार निर्माण गर्ने, खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनि ल्याउन कार्यविधि बनाएर जस्तापातामा लाग्ने रकमको ३० प्रतिशत अनुदान दिइने नीति तिलोत्तमा नगरपालिकाको छ। भूमिहीन, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई सुरक्षित बसोबासको लागि सामूहिक आवास निर्माणको सम्भाव्यता अध्ययन गरिने जनाउँदै नगरपालिकाले नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षमा नयाँ पक्की सडकको तुलनामा पुराना जीर्ण सडकको मर्मत सुधारलाई विशेष महत्व दिइने जनाएको छ। वडा नम्बर ११ को वडा भवनलाई जलाशयको बीचमा निर्माण गरी नमूना वडा कार्यालयका रुपमा स्थापित गरिने, ‘तिलोत्तमा सञ्चार ग्राम’ स्थापनाका लागि आवश्यक गृहकार्य गरिने, दमकल खरिद गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

स्वयंसेवक परिचालन रणनीति तय गरिने, बढीमा दुई छोरी मात्र जन्माई बन्ध्याकरण गर्ने दम्पतीलाई पुरस्कार तथा सम्मान गरिने, एकल महिलाको नाममा सञ्चालित व्यवसाय र एकीकृत सम्पत्ति करमा १५ प्रतिशत छुट उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। नगरको पुनर्नापीको कार्यक्रमलाई म्याचिङ फन्डको रुपमा रकम विनियोजन गरी पुनर्नापी कार्यक्रम सञ्चालन गरिने, ‘एक घर : एक बैंक/सहकारी खाता, एक महिला : एक बैंक/सहकारी खाता अभियान’ सञ्चालन गरी सरकारको आर्थिक/सामाजिक सहयोग सबै परिवारमा सीधै पुग्ने वातावरण मिलाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

साउन १ गते देखि ‘एकीकृत सम्पत्ति कर’ लागू गरी संकलित राजस्वको २५ प्रतिशत रकम सम्बन्धित वडाको विकासका लागि नै व्यवस्थापन गरिने, सबैभन्दा धेरै कर दाखिला गर्ने करदातालाई ‘उत्कृष्ट करदाता’को रुपमा पुरस्कृत गरिने पनि नीति तथा कार्यक्रममा समेटिएको छ। नीति तथा कार्यक्रम तिलोत्तमा नगरलाई समृद्ध बनाउने मार्गदर्शक दस्तावेज रहेको जनाउँदै नगर प्रमुख घिमिरेले यसको सफल कार्यान्वयनका लागि सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संगठन, गैरसरकारी संस्था, निजी तथा सहकारी क्षेत्र लगायत सबैको सद्भाव, सहभागिता र सहयोग हुने विश्वास व्यक्त गरे।

विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार समेत सहभागी नगरसभा उद्घाटन कार्यक्रममा नगर उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतले बोलेका थिए।
 
विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान

तिलोत्तमा नगरपालिकाले विकास निर्माण तथा नगरपालिकाले अघि सारेका विभिन्न अभियानमा सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान गरेको छ। तेस्रो नगरसभाको अवसरमा बुधबार उनीहरुलाई सम्मान गरिएको हो।

यसरी सम्मानित हुनेहरुमा रेडियो लुम्बिनी, मिसन डेभलपमेन्ट बैंक, रोट्रयाक्ट क्लब अफ बुटवल, जागृति युवा क्लब, दुर्गाभवानी टोल विकास संस्था, मडाहा टोल विकास संस्था रहेका छन्। यस्तै, वडा नम्बर ३ का वडाध्यक्ष टंक तिवारी, कर्मचारीहरु शोभा खनाल र रेशमलाल रेग्मीलाई पनि नगरपालिकाले सम्मान गरेको छ।

यसैगरी तिलोत्तमा नगरपालिकाभरिकै ज्येष्ठ नागरिक १०४ वर्षीय केशवराम ज्ञवालीलाई नगद पाँच हजार रुपैयाँसहित नगरपालिकाले सम्मान गरेको छ।

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  १०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्