काठमाडौं– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
ओली र केही मन्त्रीहरुले संयुक्त रुपमा जिनपिङसँग भेटवार्ता गरेका हुन्। भ्रमणमा रहेका एक अधिकारीका अनुसार भेटको सुरुमा जिनपिङले ओलीलाई दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिएका थिए। आगामी दिनमा नेपाल र चीतबीचको सहकार्य अझै बलियो बनाउनुपर्नेमा उनले जोड दिएका थिए।
प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा गएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।