काठमाडौं– तालिमकै क्रममा नेपाल प्रहरीका सहायक निरीक्षक(असइ)को मृत्यु भएपछि प्रहरी प्रशिक्षण प्रतिष्ठानले छानबिन सुरु गरेको छ। जुनियर प्रहरी एकेडेमी भरतपुरमा असइ निरज राईको मृत्यु भएको हो।
मृतकका परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका हुन्। प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका एसपी मधुसुदन लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन भएको हो।समितिले भरतपुर पुगेर घटनाको स्थलगत छानबिन गरिरहेको छ।
दौडने क्रममा लडेर राई गम्भीर घाइते भएका थिए। उपचारको क्रममा ग्रान्डी अस्पतालमा उनको मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।