• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'अहिलेकै शैली र नेतृत्वबाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छैन'

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०७५  ०७:०७
1140x725

हेटौंडा- कांग्रेसका ८ जना केन्द्रीय सदस्यले अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलवाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव नभएको भन्दै जिल्ला सभापतिहरुलाई पत्र वितरण गरेका छन्। 

हेटौंडामा जारी जिल्ला सभापतिहरुको भेलामा चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले पत्र वितरण गरेका हुन्। पत्रका साथमा गत चैत–बैसाखमा केन्द्रीय कार्यसमितिको बैठकमा युवा नेताहरुको तर्फबाट गगन थापाले पेश गरेको ५१ पाने प्रतिवेदन पनि अध्ययनका लागि पेश गरिएको छ।

'हामीलाई जनतासँग जोडिएको र जनताले विश्वास गरेको यस्तो कांग्रेस चाहिएको छ जहाँ सत्तरी वर्षको स्वर्णिम इतिहासमाथि गर्व गर्दै प्रष्ट ध्येय, सिद्धान्त र कार्यक्रमसहित बलियो र प्रभावकारी संगठन, समयको गतिलाई बुझेर त्यो संगठन हाँक्नसक्ने नयाँ नेतृत्व होस्', वितरित पत्रमा भनिएको छ। 

युवा नेताहरुले कांग्रेसको सैद्धान्तितक र वैचारिक पुनर्व्याख्या आवश्यक रहेको पनि बताएका छन्।

पत्रमा यही वर्षभित्र स्थानीय र प्रादेशिक तहको महाधिवेशन सम्पन्न गरिसक्न प्रस्ताव राखेका छन्। 'कम्तिमा यही २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं', पत्रमा भनिएको छ।

पत्रको पूर्णपाठः

श्री.........................................
सभापति, नेपाली कांग्रेस ...........................जिल्ला कार्य समिति ।
प्रिय साथी,

सर्वप्रथम, नयाँ सन्दर्भ र परिस्थितिमा हुन लागेको जिल्ला सभापतिहरूको भेलाको सफलताको कामना गर्दछौं। हाम्रो पार्टीको हालसम्मको सांगठनिक संरचनामा जिल्ला समिति अत्यन्त महत्वपूर्ण तह हो। स्थानीय पार्टी संगठनको जिम्मेवारी सम्मालिरहेका जिल्ला सभापतिहरू नै पार्टी र जनताको वास्तविकताको सवैभन्दा नजिक र बढी जानकारी भएका व्यक्तिहरू हुन्। अर्थात् जनतासँग जोडिने र जनताको भावनाको प्रतिनिधित्व गर्ने अनि जनता-कार्यकर्ताको भावनालाई केन्द्रसम्म पुर्‍याउने एउटा प्रमुख आधार नै तपाई‌ंहरू हो। यस अर्थमा बदलिँदो परिवेशमा स्थानीय तहमा देखिएका समस्या र अवसर, पार्टी संगठनले भोग्नुपरेका विषयहरूलाई सही ढङ्गले उजागर गर्न र पार्टीको जीवनको बारेमा वस्तुनिष्ठ छलफल गर्न तथा अलमलिएको कांग्रेसलाई दिशानिर्देश गर्न तपाईहरूको यो भेला सफल र ऐतिहासिक हुनेछ भन्ने विश्वास लिएका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली का‌ंग्रेसको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणसँगै कांग्रेसकै नेतृत्वमा सबै तहको निर्वाचन सम्पन्न भएर नेपाल लोकतान्त्रिक राजनीतिको सर्वस्वीकृत मार्गमा पुगेको छ। जुन मार्ग हाम्रा दूरदर्शी अग्रजहरूले पार्टीको स्थापनाकाल मै देखाएका थिए। यससँगै नेपाली राजनीतिमा सात दशकदेखि चल्दै आएको 'लोकतन्त्र वा लोकतन्त्रको विकल्प' भन्ने बहसले एउटा सफल अवतरण पाएको छ। सवैलाई समन्वय गर्दै सात दशक यता भएका लोकतान्त्रिक आन्दोलनका उपलब्धिहरू, लोकतन्त्र, गणतन्त्र, समावेशीता, संघीयता लगायतका विषयलाई संस्थागत गरेको छ। निश्चय नै यो कांग्रेसको राजनीतिक विजय हो।

तर यतिबेला हाम्रा अगाडि गम्भीर प्रश्न उठेको छ- नेपाली कांग्रेसले उठाएको विचार र राजनीतिक सोच राष्ट्रिय राजनीतिमा झन्डै सर्वमान्य भएर स्थापित हुँदै गर्दा पार्टी स्वयंले भने चुनाव किन जित्न सकेन? इतिहासका अनेकन मोडहरूमा थुप्रै पटक हार-जित, संकट-सहजता, सत्ता-सडक, हिंसा-निरंकुशताका अनेकौं आरोह–अवरोह भोगेका कांग्रेसजनमा यो पराजयसँगै उत्साह हराएको छ किन? के यसपटक कांग्रेस प्राविधिक रुपमा मात्रै हारेको थियो वा रणनीतिक र राजनीतिक रुपमा पनि? यो हार प्राविधिक मात्रै थिएन। राजनीतिक विचार र सिद्धान्तले विजय प्राप्त गर्दैगर्दा हामीले राजनीतिक युद्ध त जित्यौं तर चुनावी लडाईं भने हार्यौं। निश्चय पनि चुनाव हार्दैगर्दा एउटा मोर्चा हारेका हौं राजनीति हारेका होइनौं तर यो सानो पराजय भने होइन र यो हारको कारण एउटा मात्र पनि छैन। 

प्रिय साथी,

निर्वाचन पश्चात् बसेको केन्द्रीय कार्यसमितिको समिक्षा बैठकमा हामी केही केन्द्रीय सदस्यले निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टी पुनर्निर्माणका सन्दर्भमा प्रस्ताव सहितको ५१ पृष्ठ लामो प्रतिवेदन बहसका लागि पेश गरेको यहाँहरूलाई विदित नै छ। उक्त दस्तावेजमा हामीले निर्वाचन पराजयको कारणको विश्लेषण, कम्युनिष्टको मतदर वृद्धिको कारण, विगतमा हामी कहाँ चुक्यौं र पार्टीले अव तात्कालिन र दिर्घकालिन रुपमा लिनुपर्ने बटोको सन्दर्भमा उल्लेख गरेका छौं। कांग्रेस कसरी यो अवस्थामा आइपुग्यो भन्ने थाहा पाउन कम्तिमा पनि प्रजातन्त्र पुनर्स्थापना पछिको हाम्रो राजनीतिक प्रस्थान विन्दु २०४८ देखि अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको व्यापक ढङ्गले समीक्षा र लेखाजोखा गर्नु आवश्यक छ भन्ने हाम्रो धारणा थियो। यससँगै नेपालको बदलिंदो 8 र राजनीतिक परिवेश अनुरुप पार्टीको सैद्धान्तिक व्याख्या तथा सांगठनिक संरचनाका साथै संविधान र संघीयता कार्यान्वयनको नेतृत्त्व, कानून निर्माणमा अग्रसरता, संविधानका असन्तुष्टिको संवोधन, उदार लोकतन्त्रको संरक्षण, विविधताको व्यवस्थापन, अतिवादको निराकरण र द्वन्द्वको न्यूनिकरण तथा छिमेकीसँगको सम्बन्धजस्ता राष्ट्रिय मुद्दाहरुको सन्दर्भमा पनि कांग्रेसले स्पष्ट दृष्टिकोण लिएर अघि बढ्नु आवश्यक छ भनेर हामीले उक्त प्रतिवेदनमा विस्तृत चर्चा गरेका छौं।

Xtrem

Xtrem

प्रिय साथी,

संविधान कार्यन्वयनसँगै नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरेको छ। निर्वाचन परिणामले प्राविधिक रुपमा हामी प्रतिपक्ष नै हौं तर संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न र संविधान कार्यन्वयन गर्न राजनीतिक रुपमा हामी मुलकर्ता हौं। चुनाव हार्यौं  भनेर आफ्नो जिम्मेवारीबाट विमुख हुने सुविधा हामीलाई छैन। आजका दिनमा लोकतन्त्र र संविधानमा लिपिबद्ध उपलब्धिहरू कार्यन्वयन गर्ने क्रममा जे–जस्ता चुनौंती देखिएका छन् त्यसको सामना गर्ने कांग्रेसले नै हो। आज लोकतन्त्रमाथि कसैबाट खतरा छ त त्यो निर्वाचित कम्युनिष्ट सरकारबाटै छ। राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खबरदारी लोकतन्त्र, संघीयताको सफल कार्यान्वयनको लागि कांग्रेस रक्षाकवच बन्नुपर्नेछ। 
अर्कोतर्फ, संघीय संसद, ७ वटै प्रदेश संसद र अधिकांश स्थानीय तहमा हामी मुख्य प्रतिपक्षमा छौं भने सयौं स्थानीय तहमा सरकारको नेतृत्वमा छौं। यी सबैमा हाम्रो महत्वपूर्ण दायित्व छ। केन्द्र र सवै प्रदेशमा प्रभावकारी र रचनात्मक रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ। आफूले नेतृत्व गरेका स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्नुपर्नेछ। पार्टीलाई संविधानले मार्गनिर्देश गरे अनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनर्संरचना गर्नुपर्नेछ। पार्टीलाई फेरी एकपटक राजनैतिक आन्दोलनका साथै सामाजिक आन्दोलनमा रुपान्तरित गर्नुपर्नेछ। दलित समुदाय, महिला, आदिवासी जनजाति, थारु, मधेसी, अपाङ्गता भएका व्यक्ति, हिमाल, पहाड,तराई सवै क्षेत्र, वर्ग र समुयदायले पार्टीमा अपनत्व महशुष गर्न पाउने अवस्था सृजना गर्नुपर्नेछ। सामाजिक विभेद विरुद्ध होस् वा छुवाछुत विरुद्ध वा महिला हिंसा विरुद्ध कांग्रेसले फेरि एकपटक 8 रुपान्तरणको नेतृत्व गर्नुपर्नेछ। अनि कांग्रेसलाई नयाँपुस्ताको आकर्षणको केन्द्र बनाउनुपर्नेछ। 

अब प्रश्न उठ्छ अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका सम्भव छ? छैन। अब कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डालाई बोकेर हिड्नसक्ने संगठनको खाका कोर्न जरुरी छ अनि त्यो एजेण्डा बोक्ने नेतृत्व पनि। अनेक अभाव र कष्टका बावजूद मुलुक र पार्टीप्रति लोभलाग्दो निष्ठा र समर्पण भएका लाखौं कांग्रेसजनहरू आज पनि देशको कुना कन्दरामा रहेका छन्। त्यहि निष्ठा र समर्पणको जगमा हामीलाई जनतासँग जोडिएको र जनताले विश्वास गरेको यस्तो कांग्रेस चाहिएको छ जहाँ सत्तरी वर्षको स्वर्णिम इतिहासमाथि गर्व गर्दै प्रष्ट ध्येय, सिद्धान्त र कार्यक्रम सहित बलियो र प्रभावकारी संगठन, समयको गतिलाई बुझेर त्यो संगठन हाँक्नसक्ने नयाँ नेतृत्व होस्। त्यसले मात्रै अहिलेको कम्युनिष्टहरूसँग लड्न र हिजोको भन्दा पनि बलियो र जनमूखी आधुनिक संगठनको रुपमा कांग्रेसलाई डोर्‍याउन सक्छ। यसका लागि कांग्रेस स्वयम् रुपान्तरित हुनैपर्छ। यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो। महासमितिमार्फत पार्टीको संघीय विधान पारित गरि शीघ्र महाधिवेशनको प्रकृया थाल्नु नै आजको आवश्यकता हो। सभापतिहरूको यस भेलामा निर्वाचन समिक्षा त हुनेनै छ पार्टीको आगामी कार्यदिशातर्फ यी विषयमा पनि ठोस र वस्तुनिष्ठ छलफल हुने नै  छ भन्ने हाम्रो विश्वास रहेको छ।

प्रिय साथी,

पार्टी पुनर्निर्माणको छलफल गर्दैगर्दा एउटा महत्वपूर्ण विषय कांग्रेसको अबको वैचारिक बाटोका सन्दर्भमा हो। कांग्रेसको शैद्दान्तिक र वैचारिक पुनर्व्याख्या आवश्यक छ। महासमितिमार्फत नयाँ परिवेशमा राष्ट्रियता, लोकतन्त्र, 8वादका सन्दर्भमा सामयीक व्याख्या, हाम्रो आर्थिक सामाजिक नीति, छिमेकसँगको हाम्रो सम्बन्ध लगायतका विविध विषयमा शैद्दान्तिक र वैचारिक दस्तावेज पारित गर्नुपर्छ। त्यसका लागि यो भेलाले ठोस बाटो देखाउनेछ भन्ने अपेक्षा लिएका छौं।

दोस्रो महत्वपूर्ण विषय सांगठनिक संरचनाको हो। देशमा संघीयता कार्यन्वयन भइ स्थानीय,प्रदेश र संघ गरि तीन तहको सरकारहरू गठन भइसकेका छन्। वडातहसम्म संरचना बनेर काम सुरु भइसकेको अवस्था छ। तर हाम्रो पार्टीको संरचना भने पुरानै अबस्थामा छ। १६५ निर्वाचन क्षेत्र ३३० प्रादेशिक क्षेत्र, ७५३ स्थानीय तह र ६ हजार भन्दा बढी वडा संरचना बनिसकेको अवस्थामा पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक छ। यो संघीयता र संविधान कार्यन्वयन गर्ने प्राथमिक जिम्मेवारीमा रहेको कांग्रेस आफ्नै संरचना संघीय मोडेलमा नलगिकनै कसरी त्यसको नेतृत्व गर्नसक्ला? अर्कोतर्फ हामीले समयमै संघीय संरचनामा पार्टीलाई लगेनौं भने सरकारका सवै तहमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्न सकिएला? अबको ४ वर्षपछि हुने निर्वाचनमा हामी बहुमत प्राप्त पार्टी हुनका लागि यही संरचना र संगठनको शैलीले संभव होला? कदाचित हुंदैन। किनकी पुरानै संरचना अनुसार नियमित समयमै महाधिवेशन गर्ने गरि बस्ने हो भने अहिलेको विधान अनुसार ७ प्रादेशिक समिति बाहेक हामीले केही पनि बनाउन सक्दैनौँ। महासमितिमार्फत नयाँ संरचनामा गएनौं भने महाधिवेशनपछि सुरु गर्दा अर्को स्थानीय निर्वाचनसम्म पनि हामीले संघीय संरचना अनुसार गतिविधि गर्न सक्दैनौं। यसले पार्टीलाई नवजीवन दिन सक्दैन थप क्षति मात्र हुन्छ।

त्यसैले महासमितिबाट पार्टीको सांगठनिक संरचना परिवर्तन गरौं, नेतृत्व चयन प्रकृया र सदस्यता प्रणालीका बारेमा स्पष्ट व्यवस्था गरौं। अविलम्ब महाधिवेशनको प्रकृया अगाडी बढाऔं। हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४औं महाधिवेशन गर्नुपर्छ। केन्द्रीय महाधिवेशन नियमित समयमै गर्नेहो भने पनि त्यस अगाडि गर्नुपर्ने वडा, गाउंपालिकानगरपालिका, क्षेत्र, प्रदेशको अधिवेशन गर्न झण्डै १ वर्ष लाग्छ। यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं। महासमितिवाट संघीय विधान पारित गरि स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रकृया अविलम्ब सुरु गरौं। कम्तिमा यही २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गरौं र २०७६ मा केन्द्रीय महाधिवेशन गरौं। यसले हाम्रो संगठनलाई सवै स्थानीय तहमा जीवन्त बनाउने छ, सशक्त प्रतिपक्षको भुमिका हुनेछ। आगामी स्थानीय निर्वाचन हुँदैगर्दा हामी सम्पूर्ण तयारी अवस्थामा हुनेछौं। हरेक स्थानीय संघीय र प्रादेशिक निर्वाचन हुनु २ वर्ष अगाडी नै हाम्रो पार्टी अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहनेछ। हामीलाई विश्वास छ सभापतिज्यूहरूको यस बैठकले यी विषयहरूमा छलफल गरी महासमितिबाट नयां सांगठनिक संरचना सहितको विधान पारित गर्नेकुरामा ठोस मार्गनिर्देश गर्नेछ।

तेस्रो विषय नेतृत्वको हो। पार्टीको शैद्धान्तिक र सांगठनिक विषयसँगै नेतृत्वको बारेमा स्वभाविक प्रश्न उठ्छ नै। नेतृत्वको सन्दर्भमा तपाईं-हामी सवैका आ-आफ्ना धारणा छन्। छलफल आवश्यक छ, निरन्तर बहस गर्नेनै छौं। हामी कस्तो नेतृत्व छनोट गर्ने भन्ने अन्तिम निर्णय महाधिवेशनले नै गर्नेछ।

अन्त्यमा,

आज प्राप्त संवैधानिक परिवर्तन, राजनीतिक सामाजिक चेतना र नवीन परिवेशमा नेपाली कांग्रेसले फेरी एउटा नयाँ यात्रा थाल्नुपरेको छ। नविनतम उर्जा लिएर समुन्नत नेपालको गन्त्व्यको यात्रा तय गर्नुपर्ने समयमा हामीलाई अलमलिने सुविधा छैन। विपी कोइरालाले भनेजस्तै-'हामी सवैको सामुहिक आशा नेपालको उज्जवल भविष्य हो। नियतिले हामीलाई निर्माण, उत्थान र गौरवको मार्गमा अग्रसर हुन आव्ह्वान गरिरहेको छ। के आजको ऐतिहासिक क्षणमा हामी आफ्ना स्वार्थ, संकिर्णता तथा दुर्वलता त्यागेर नियतीको बाणीलाई सुन्न सक्दैनौं?' जिल्ला सभापतिहरूको यस भेलामा सघन र सार्थक छलफल हुन सकोस् भन्ने ध्ययले यस पत्रमार्फत पार्टीको गत केन्द्रीय समितिको बैठका हामीले राखेको सामुहिक धारणालाई यहाँहरू समक्ष प्रस्तुत गरेका छौं।

राजनीति जितेर चुनाव हारेका छौं, अव राजनीति जितेकै हो भनेर पनि नबसौं चुनाव हारेको भनेर निराश पनि नबनौं। यो महान पार्टीसँग यस्तो इतिहास छ अनि यस्तो विचारको श्रेष्ठता छ जो अरु कोहीसँग छैन। त्यो इतिहासलाई सम्मान गर्दै, त्यही वैचारिक जगमा टेकेर भविष्य कोर्ने अभिभारा तपाई‌ं हाम्रो हो। हाम्रो गौरवमय चारतारे झण्डालाई आउँदो पुस्ताले गौरवका साथ उठाउन पाउनुपर्ने अवस्थाको सिर्जना गर्ने चुनौती इतिहासले हामीलाई दिएको छ। कांग्रेसको सवैभन्दा ठूलो पूँजीको रुपमा देशैभरि पार्टीका इमान्दार र प्रतिबद्ध साथीहरु छन्, जो हिजो निरङ्कुशता र हिंसाको लुकामारीका बीचमा पल–पलमा अनेकन संकट भोग्दा पनि सवै कुरा गुमाउन तयार भए तर स्वतन्त्रता र स्वाभिमानको आन्दोलनलाई कहिलै झुक्न दिएनन्। बिना कुनै स्वार्थ केवल पार्टी र 8को लागि क्रियाशील त्यो पंङ्ति आज पनि पार्टीले ठिक काम र ठिक दिशानिर्देश गर्ने हो भने जस्तोसुकै कुर्वान गर्न पनि तयार छन्। सभापतिहरूको यस भेलाले त्यसतर्फ रक्तसञ्चार गर्न सकोस्। अलमलिएको पार्टीलाई दिशा निर्देश गर्न, पार्टीको सैद्धान्तिक र सांगठनिक खाका कोर्न तत्काल महासमिति हुँदै महाधिवेशनको प्रकृया अगाडि बढाउन जिल्ला सभापतिहरूको यस भेलाले महत्वपूर्ण बाटो देखाउन सकोस्। भेलाको सफलताको हार्दिक शुभकामना! 

जय नेपाल! 

तपाईंका साथी,
चन्द्र भण्डारी
धनराज गुरुङ
गगनकुमार थापा
जीवन परियार
गुरूराज घिमिरे
प्रदिप पौडेल
रामकृष्ण यादव
किरण यादव

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्