• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेका जिल्ला सभापतिको हेटौंडा भेला : प्रतिष्ठा जोगाउन गुटको कसरत

64x64
नेपाल लाइभ बुधबार, असार ६, २०७५  ०३:२८
1140x725

कांग्रेसीजनका लागि विशेष महत्व राखेको जिल्ला सभापतिहरुको भेलामा असुन्तष्ट पक्षलाई प्रारम्भदेखि ‘चिढाउने’ काम भएको छ। निर्वाचनमा पराजयपश्चात् समिक्षाका लागि डाकिएको केन्द्रीय समितिको बैठकले कांग्रेसमा असन्तुष्टि थप बढाएको थियो।

जिल्ला सभापतिहरुको राष्ट्रिय भेला, महासमिति बैठक र शिघ्र महाधिवेसनको माग गरिरहेका संस्थापन इतरका नेताहरुले हेटौंडा बैठक पनि ‘हात्ती आयो, हात्ती आयो फुस्साको’ रुपमा अर्थ्याउन सुरु गरेका छन्। इतिहासमै ‘लज्जास्पद’ हार बेहोरेको कांग्रेसका लागि हेटौँडा भेलालाई निर्वाचनपश्चात्को ‘केन्द्रीय समिति बैठक भाग–२’ को संज्ञा दिइएको छ।

‘पहिलो गास मै ढुङ्गा’

नेपाली कांग्रेसका लागि बहुप्रतिक्षित जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा सोमबार भएको केन्दीय समितीको बैठक विवादकाबीच सकिएको थियो। उपत्यककाबाहिर २५ वर्षपछि बसेको उक्त बैठकले केन्द्रीय राजधानीमा यसअघि हुनेगरेका कांग्रेस बैठकको नियती भोगेको थियो। अपरान्ह ४ बजे जिल्ला पार्टी कार्यालयमा डाकिएको बैठक सभापति शेरबहादुर देउवाका कारण तिन घण्टा ढिलो सुरु भएको थियो।

साँझ ७ः१५ मा सुरु भएको बैठकमा सभापति देउवाले बैठकको प्रारम्भमा व्यवस्थापन समिति तथा मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँलाई बोल्न दिए। बानियाँले व्यवस्थापनको जानकारी दिएर सकेपछि देउवाले पार्टी महामन्त्री डा शशांक कोइरालालाई समय दिए। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जेठ १४ मा जिल्ला सभापतिहरुलाई गरेको परिपत्र महामन्त्रीले पढेर सुनाए।

परिपत्रमा स्थानीय तहका कार्यकर्ता तथा सुभेच्छुकहरुको सुझाव संकलन गरी राष्ट्रिय भेलामा प्रस्तुत हुन जिल्ला सभापतिहरुलाई निर्देशनात्मक आह्वान थियो। महामन्त्रीले प्रस्तुत गरेको त्यही पत्रलाई विषय बनाएर केन्द्रीय सदस्यले आपत्ती जनाए। मुख्य सचिवले पठाएको पत्रलाई महामन्त्रीले पढेर सुनाउनुको कुनै तुक नभएको भन्दै आलोचना भएको हो।

'मंगलबारदेखि आरम्भ हुने जिल्ला सभापतिको भेलामा प्रस्तुत हुने एजेण्डाका विषयमा केन्द्रीय समितिको बैठक प्रवेश नगरेको' भन्दै नेता कृष्ण सिटौलाले रोष प्रकट गरे। सिटौलालाई साथ दिँदै अर्का एक सदस्यले उठेर आपत्ती जनाए। असन्तुष्ट पक्षको आवाजकाबीच सभापति देउवाले एक्कासी बैठक रोके। देउवाले मंगलबार जिल्ला सभापतिको भेलामा भेट हुने भन्दै बैठक रोकेका थिए। उद्घाटनको दिन असन्तुष्ट पक्ष थप चिढियो।

संस्थापन पक्षले उद्घाटन सत्रलाई छिटो सक्ने रणनीति तयार गरेको थियो। सोही अनुरुप सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै बोल्न दिएर पहिलो दिनको कार्यक्रम सक्ने योजना संस्थापन पक्षको थियो। उद्घाटन सत्रमा बोल्ने शिर्ष नेताको संख्यामा निक्र्यौल हुन नसक्दा पहिलो दिनको कार्यक्रम निर्धारित समयभन्दा करिब ३ घण्टा पछि सुरु भएको थियो। विलम्वगरी सुरु भएको कार्यक्रममा आकांक्षी शिर्ष तहका नेताहरुलाई समय नै दिइएन।

Ncell 2
Ncell 2
nimb
nimb

उद्घाटन सत्रका लागि पार्टी सभापति देउवा, नेता पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री कोइराला, नेता विजयकुमार गच्छदार र स्वागत मन्तव्यका लागि मकवानपुर सभापति इन्द्र बानियाँलाई समय दिने तालिका बनेको थियो।

संस्थापन इतरका उच्च तहका नेताहरुमा अधिकांशको बोल्ने इच्छा थियो। साथै सातै प्रदेशबाट एक/एक जना जिल्ला सभापतिले बोल्न पाउनुपर्ने संस्थापन इतर समूहको माग थियो। तर असन्तुष्ट पक्षको माग देउवा खेमाले सुन्नै चाहेन। परिणामतः शिर्ष नेताहरुले सम्वोधन गर्न पाएनन्। आफ्नो मागमा सुनुवाइ नभएपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला मञ्चमा गएनन्। पार्टी बरियतामा सिटौलाभन्दा मुनिका नेताहरुले मञ्चमा आतिथ्यता ग्रहण गरेपनि सिटौला मञ्चमा उक्लिन चाहेनन्।

मकवानपुुर सभापति बानियाँले अनिच्छा देखाएका नेताहरुलाई बल गरेर मञ्चमा पुर्याएपनि सिटौलालाई भने जोड गरेनन्। सिटौला ‘संस्थापन पक्षको गलत क्रियाकलापको’ विरुद्धमा समय लिएर प्रतिवाद गर्ने मनस्थितिमा थिए। सिटौलाको तयारीलाई सभापति देउवा तगारो बनेका थिए।

उद्घाटन सत्रमा बोल्न नपाएको अवस्थामा दोश्रो तहका नेताहरुले ‘मञ्च बहिस्कार गर्ने’ संस्थापन इतर समुहको पूर्व तयारी नहुँदा केही नेता भने मञ्चमा देखिएका थिए। मञ्चमा गएर पनि कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्ने नेताहरुको संख्या उल्लेख्य थियो। दर्शक दिर्घाको पहिलो लहरमा बसिरहेका नेता अर्जुननरसिंह केसी उद्घोषकले दोहोर्याएर बोलाएपछि मञ्चमा उक्लेका थिए।

Xtrem

Xtrem

उद्घाटन सत्रमा संस्थापनको आलोचना छल्नलाई शिर्ष तहका नेता र जिल्ला सभापतिहरुलाई बोल्न नदिइएको असन्तुष्ट पक्षको आरोप छ। एक केन्द्रीय सदस्यले भने, ‘आलोचना सुन्नै नचाहने देउवाको अवगुण छ।’

जिल्ला सभापतिहरुको बलमा हस्तक्षेप बढाउने पौडेल रणनीति

१३औं महाधिवेसनको आधारमा विश्लेषण गर्दा जिल्ला सभापतिहरुको भेलामा पौडेल पक्ष बलियो देखिन्छ। तत्कालीन समयमा पौडेललाई सभापतिमा जिताउनका लागि ४२ जिल्ला सभापतिहरु लागेका थिए। ‘स्वार्थ मिलेको बखत गुट परिवर्तन गर्ने’ विगतको परम्परा नभएको भए पौडेल पक्ष अहिले पनि बलियो रहेको बताइन्छ। निर्वाचनपछि पौडेललाई कतिपय कार्यनीतिमा सिटौलाले पनि साथ दिएका छन्।

दुई पक्षको बलले सभापति देउवालाई ‘गलाउने’ रणनीतिमा संस्थापनबाहेक समुह छन्। त्यसको संकेत उद्घाटन सत्रमा बोल्दै नेता पौडेलले दिइसकेका छन्। पौडेलले ‘अन्तरआत्माबाट मिल्न नसकेपछि कसरी एकतावद्ध हुन सकिन्छ?’ भन्दै प्रश्न गरेका थिए। धरालतलीय यथार्थ बुझेर आएको हुँदा जिल्ला सभापतिहरुलाई कमजोरी कसको रहेको केलाउन उनले आह्वानसमेत गरे। एक जिल्ला सभापतिका अनुसार नेता पौडेलले जिल्ला सभापतिहरुलाई आह्वान गर्नुको अर्थ ‘पौडेल पक्षीय जिल्ला सभापतिको संख्या बढी हुनु हो।’

विधान संसोधनका लागि राय संकलन गर्न बोलाइएको बैठकमा दुवै पक्षको आ–आफ्नो रणनीति छ। संस्थापन पक्ष विधान संसोधनपश्चात् तदर्थ समिति बनाएर आगामी महाधिवेसनसम्म जाने तयारीमा छ भने अर्को पक्ष प्रादेशिक संरचनामा अधिवेसनबाट नेतृत्व छनोट हुनुपर्नेमा अडिग छ। संघियतापछि कांग्रेसको गाउँपालिका, नगरपालिका र क्षेत्रको संगठन ‘लथालिङ्ग’ छ।

सबै तहमा अधिवेसनमार्फत् नेतृत्व चयन गर्ने विषयमा बहुमतको संख्यामा जिल्ला सभापतिहरु सहमत भएको सिन्धुलीका जिल्ला सभापति उज्ज्वलप्रसाद बरालले दावी गरे। उनले भने, ‘पार्टी सभापतिदेखि तल्लो तहका नेतासम्म अधिवेसनबाट अनिवार्य निर्वाचित हुनुपर्छ।’ बरालको मतमा भोजपुरका कांग्रेस नेता उमेशजंग रायमाझी सहमत छैनन्। रायमाझीले भने, ‘महाधिवेसनको अघि तदर्थ समिति बनेर संगठन परिचालित हुनुपर्दछ।’

कोइरालाको पहलले रंग ल्याउला?

उद्घाटन पूर्व सक्रिय रहेका केन्द्रीय सदस्य डा शेखर कोइरालाको पहललाई हेटौंडामा चासोपूर्वक हेरिएको छ। निर्वाचनमा पराजयपछि सभापतिप्रति खरो उत्रिएका कोइरालाको व्यस्तता मंगलबार बिहान बढेको थियो। कोइराला बसेको होटेलमा करिब ४ दर्जन जिल्लाका सभापतिहरुले रणनीति तय गर्न आन्तरिक छलफल गरेका थिए।

तर कोइरालाको प्रयासले कांग्रेसभित्र देखिएको गुटको लडाई रोकिने–नरोकिने थाहा पाउन केही समय कुनैपर्छ।
 

प्रकाशित मिति: बुधबार, असार ६, २०७५  ०३:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी
सम्बन्धित सामग्री
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा खोला आसपास नजान आग्रह गर्दै संगठनका स्वयंसेवकहरु जनचेतना फै... शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार केसुराम सारु मगरको ढुंगा–माटोले बनेको तीनतले घर पहिरोले पुरिँदा उनकी ५९ वर्षीया श्रीमती कृष्ण... शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी प्राधिकरणले सूचना जारी गर्दै बाँधका ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वजानकारी दिने व्यवस्था मिलाइएक... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
भिजिबिलिटीले साथ नदिँदा फ्लाई दुबईको पोखरा उडान रोकियो शुक्रबार, असोज ९, २०८३
शिक्षक व्यवस्थापनको माग गर्दै आन्दोलनरत विद्यार्थी नेता शंकरले नगरप्रखुमको कार्यकक्षमै फिनेल सेवन गरे शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्