राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित सुन्दरी खोलामा डुबेर मंगलबार साँझ एक बालिकाको मृत्यु भएको छ।
स्थानीय ६ वर्षीया स्मृति विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। ती बालिका कसरी डुबिन् भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।
बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।