वासिङटन– अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो बीच आइतबार फोनवार्ता भएको छ।
कोरियाली प्रायद्विपको मुद्दाको विषयलाई लिएर छलफल भएको अमेरिकी विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ।
गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीच भएको शिखर वार्तापछि पहिलो पटक दुई विदेश मन्त्रीबीच फोन वार्ता भएको हो।
सिङ्गापुरमा भएको ऐतिहासिक शिखर वार्तापछि काङ र पोम्पेओबीच आइतबार अब कसरी अगाडि बढ्ने भन्ने विषयमा वार्ता भएको बताइएको छ।
सिङ्गापुरमा उत्तर कोरिया र अमेरिकाबीच भएको वार्ता अत्यन्त सकारात्मक भएपछि दुई देशबीचको सम्बन्धमा तुलनात्मक रुपमा सुधार आएको बताइन्छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।