• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

काठमाडौं उपत्यका दुई राजधानीको भरिया बन्न सक्दैन

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०७५  १४:५८
1140x725

प्रदेश नम्बर ३ को स्थायी राजधानीको सम्भाव्यता अध्ययन गर्न बनाइएको प्रादेशिक संसदीय समितिले जेठ २७ देखि २९ गतेसम्म प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित जिल्लाहरुमा पुगेर अध्ययन गर्‍यो। स्थायी राजधानीका लागि प्रस्तावित मकवानपुर, चितवन, नुवाकोट, भक्तपुर र काभ्रेमा पुगेर अध्ययन गरेको उक्त समितिले प्रदेश संसदमा आफ्नो अध्ययन प्रतिवेदन बुझाउनेछ। 

स्थायी राजधानी निर्धारण गर्न अध्ययन प्रतिवेदनले निर्णायक भूमिका नै नखेले पनि यसले निकालेको निष्कर्षलाई बलियो आधारको रुपमा लिइनेछ। 

प्रदेश ३ अन्तर्गत जम्मा १३ वटा जिल्ला छन्। तीमध्ये तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर देशको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाभित्र छन्। प्रशासनिक विभाजनका आधारमा काठमाडौं उपत्यका तीन जिल्लामा विभाजित भए पनि यी तीनै जिल्ला केन्द्रीय राजधानी सरह छन्। केन्द्रीय सरकार अन्तर्गतका मन्त्रालयका विभिन्न महत्वपूर्ण कार्यालयहरु तीन वटै जिल्लामा छरिएका छन्। उपत्यकाको भूगोलले पनि यसप्रकार अघि बढ्न सहज बनाएको छ।

देश संघीय बन्दोबस्तमा गइसकेको छ। संघीयताको मूल सिद्धान्त भन्नु नै सार्वभौमिकताको खण्डीकरण र अधिकारमा विकेन्द्रीकरण हो। हिजो सिंहदरबारमा केन्द्रित रहेको सार्वभौमिकता र राजकीय अधिकार अब राज्यका विभिन्न इकाईमा विभाजित वा विकेन्द्रीकृत गर्नसके मात्र नेपालमा संघीय बन्दोबस्त सफल र सार्थक मानिनेछ। मुखले संघीयता भन्ने अनि व्यवहारमा अधिकार सबै केन्द्रकै गोजीमा राख्ने चाहनाले संविधानलाई ठगी खाने भाँडोमा परिणत गर्नेछ।

प्रदेश ३ को स्थायी राजधानीका लागि केही प्रदेशसभा सदस्यले भक्तपुर जिल्लालाई पनि प्रस्तावमा राखेका छन्। भक्तपुर जिल्लामा प्रदेश राजधानी बनाउन प्रस्ताव राख्ने सांसदहरुले मध्यपुर थिमि नगरपालिका अन्तर्गत सानोठिमीस्थित शिक्षासम्बन्धी केही कार्यालय र बोडे सिन्टीटारस्थित कृषि विकास बैंकको तालिम भवनलाई आवश्यक पूर्वाधारको रुपमा देखाएका छन्। ती दुवै ठाउँ केन्द्रीय सरकारको मुख्यालय सिंहदरबार र बानेश्वरस्थित संघीय संसद् भवनबाट १० किलोमिटर पनि टाढा पर्दैनन्। के हामीले चाहेको संघीय बन्दोबस्त १० किलोमिटरभन्दा पर पनि जान नसक्ने संघीय बन्दोबस्त हो? यदि सिंहदरबारकै ठाउँ सार्न मात्र खोजेको हो भने प्रदेश नं ३ को मुख्यालय माइतीघरको मण्डला अधिग्रहण गरी त्यही बनाउँदा के हानि होला र? अझ त्योभन्दा फराकिलो टुँडिखेलमा प्रदेश मुख्यालय बनाउँदा के गलत हुन्छ?

प्रदेश ३ को स्थायी राजधानी कहाँ बनाउने भन्नेमा वैचारिक बहस गम्भीर र तर्कपूर्ण विचारमन्थनमा आधारित हुन जरुरी छ। सामाजिक सञ्जालका हल्का टीका–टिप्पणीमा यो बहसलाई सिध्याउनु गलत हो।

निःसन्देह संघीयताको मर्म सरकारको मुख्यालय रहेको भवन बदल्नु मात्र होइन। सिंहदरबारको आँखाबाट अन्यत्र हेर्दा देशको उचित विकास नभएकै कारण अन्यत्र पनि सिंहदरबार बनाउन संघीय बन्दोबस्तमा देश गएको हो। तर, संघीयताको लामो व्याख्यान गर्नेहरु नै आज शासनको भोकका कारण अधिकार आफ्नै आँगनको तुलसीमठ झैं सजाउन खोजिरहेका छन्।    

राजधानी बनाउने विषयलाई केही सीमित मानिसको चाहनासँग मात्र जोड्नु ठीक होइन। यो विषयलाई राजनीतिक पार्टीले चुनावी मसलाको रुपमा मात्र लिनु वा बनाउनु बुद्धिमानी हुनेछैन। एउटा भनाइ छ–राजनीतिमा अर्को चुनावसम्मको लागि सोच्ने व्यक्ति नेता हुन्छ, अर्को युगसम्मको लागि सोच्ने नेता राजनेता हुन्छ। भक्तपुरमा प्रदेशको स्थायी राजधानी बनाउन चाहने जनप्रतिनिधिहरुले आफूलाई भक्तपुरवासीको रुपमा मात्र भन्दा देशकै जिम्मेवार जनप्रतिनिधिको रुपमा सोच्न सक्नुपर्छ। अर्को चुनावको मोलतोल गर्नुभन्दा समग्र देशको भविष्य र सन्तुलित विकासबारे उनीहरुले सोच्न जरुरी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को महत्वपूर्ण कुरा, काठमाडौं उपत्यकाले अब थप कति भार थेग्ला भन्ने हो। काठमाडौं उपत्यकामा जनसंख्याको अत्यधिक चाप, वातावरणीय प्रदूषण, प्राकृतिक सम्पदाको विनाश, सांस्कृतिक सम्पदाको दूरवस्था आदि कारण यसले अब थप जनसंख्याको भार धान्न सक्दैन। जनसंख्या वृद्धिको परिणामस्वरुप काठमाडौं उपत्यकाको खेतीयोग्य भूमि सबै कंक्रिटको जंगलमा परिणत भइसकेको छ। 

अत्यधिक सवारी चापका कारण उपत्यका शहरको व्यवस्थापन निकै जटिल बनिरहेको छ। हरेक दिनजसो उपत्यकाको कुनै न कुनै ठाउँमा दुर्घटनाका समाचार आइरहेका छन्। अपराधको घटना उत्तिकै छ। यस्तो अवस्थामा उपत्यकाका आदिवासीहरुको मात्र होइन, सबै बासिन्दाको जीवन निकै कष्टकर बन्दै जानेछ। यहाँका परम्परा र संस्कृति धरापमा पर्दै जानेछन्। कुनै पनि समुदायको संस्कृति र परम्परा देशका र अझ सम्पूर्ण विश्वको सम्पदा हुन्। हरेक संस्कृतिको विघटनले मानव जातिको एउटा निधिको अवसान हुने गर्दछ। विदेश पर्यटकहरु काठमाण्डौमा यहाँका कंक्रिट जंगल हेर्न आउने हुन्। यदि यहाँको सम्पदाको हामीले संरक्षण गर्न सक्दैनौं भने नेपाल पर्यटकीय देश बनिरहनेछैन। जनसंख्या वृद्धि र सम्पदा संरक्षण अन्योन्यास्रित रुपमा जोडिएका विषय हुन्। 

काठमाडौं उपत्यकामा मात्र सबै साधन–स्रोत थुपार्नु देशको सन्तुलित विकास हुँदै होइन। सन्तुलित विकासको अर्थ देशका सबै भूभाग समान रुपमा विकासको पथमा हिँड्नु हो। थानकोटभित्र एकथरीको विकास र त्यसभन्दा बाहिर विकासको दरिद्रतालाई सारमा विकास भन्न सकिन्न। देशभरका सबै मानिस एक ठाउँमा भेला गर्नु देशको विकास होइन। असन्तुलित विकास हो। असन्तुलित विकासले समयको गर्भमा विद्रोह र अशान्तिको गर्भाधान गर्ने गर्छ। 

दुःखको कुरा, आजभोलि यस्तो विचारप्रति एक प्रकारको असहिष्णुता देखिँदैछ। कतिपय मानिस यसलाई साम्प्रदायिकता समेत देख्ने गल्ती गर्छन्। कतिका लागि विकास विरोधी। राजधानी बनाउनु, कंक्रिटको जंगल बन्नु, बाटो चौडा हुनु, भएका जमिनमा घरघडेरी बनाउनु, पहाड भत्काउनु, रुख काट्नु र बस्ती बसाल्नु विकास होइन। 

Xtrem

Xtrem

पर्यावरणीय सन्तुलन आज विकासका सबै परिभाषाको अनिवार्य पक्ष बनिरहेको छ। विकासको हिजोको परिभाषा र आजको परिभाषामा ठूलो अन्तर छ। हिजो अग्लाअग्ला घर, ठूल्ठूला भवन, गाडी आदिलाई विकास भनिन्थ्यो भने आज स्वच्छ, सफा र स्वस्थकर वातारण, पर्यावरणमैत्री बसोबास, सभ्य र शान्त 8को निर्माणलाई विकास भन्ने गरिएको छ। अब प्रश्न काठमाडौं उपत्यकाभित्र एउटा राजधानी त छँदैछ, अर्को राजधानीको भार पनि थोपर्दा हुने विकास कस्तो? अर्को राजधानीको भार थपेर हुने प्रगति कस्तो? समृद्धि कस्तो?

केही मानिस काठमाडौंमा जनसंख्या बढी भएको होइन, व्यवस्थापन नभएको भन्ने तर्क गर्छन्। यदि यही कुरालाई सही मान्ने हो भने पनि अर्को एउटा यथार्थको पाटो के हो भने, काठमाडौंलाई व्यवस्थापन गर्न पनि त यहाँको जनसंख्या नियन्त्रण अपरिहार्य छ। जनसंख्या थप्दै जाँदा व्यवस्थापनको काम जटिल र झिंजोलाग्दो नै हुनेछ। तसर्थ विकासको नयाँ परिभाषा र आयामबारे यस्ता तर्क गर्ने मानिस विकासविरोधी होइनन्, बरु दिगो विकासका पक्षधर हुन्, विकासको पछिल्लो परिभाषाका पक्षपाती हुन्। 

भक्तपुरमै प्रदेश राजधानी राख्न जिद्दी गर्ने केही मानिसहरुलाई यो वास्तविकताको जानकारी नै भएको भने होइन। तथापि उनीहरु यसको पछाडि हात धोएर लागेका छन्। के कारण होला? आफ्नो यो प्रस्तावको विरोध गर्ने कसैलाई पनि उनीहरु सुझबुझबिना दोहोलो काट्दै हिँडिरहेका छन्। प्रष्ट छ, यसको प्रमुख कारण चुनावी राजनीति नै हो। 

केही मानिस अर्को चुनावलाई ध्यानमा राखेर अनेक जिद्दी पालेर बसिरहेका छन्। उनीहरु यो विषयवस्तु यति चलाखीपूर्वक उठाइरहेका छन्, कदाचित सफल भए आफूले गर्दा भएको भन्ने र नभए राजनीतिक विपक्षीको टाउकोमा दोषको भारी बिसाउनेछन्। यसरी सर्वसाधारणको आँखामा आफू साखुल्ले बन्ने चलाखी प्रस्ट बुझिने खालको छ। 

अर्को पाटो–घरजग्गाको कारोबार नै हो। राजधानी बनाउने, रंगशाला बनाउने, आधुनिक शहरी क्षेत्र बनाउने आवधिक रुपमा आइरहेका यस्ता प्रचारबाजीले सबैभन्दा बढी फाइदा घरजग्गा कारोबारीले नै उठाइरहेका छन्। काठमाडौं उपत्यकाको माटो आज सुनभन्दा महँगो भइरहेको यो अवस्थामा आफ्नो लक्ष्मी दाहिना पार्न सत्ताको जगमा बसेका यी कारोबारीहरुको भूमिकालाई नकार्न सकिन्न। यस्तो प्रस्ताव ल्याउने राजनीतिक दलले कारोबारीलाई र कारोबारीले ती दलहरुलाई सहयोग गर्ने अलिखित सम्झौताको जगमा यो अवस्था बनेको छ।

सारमा प्रदेश ३ को स्थायी राजधानी कहाँ बनाउने भन्नेमा वैचारिक बहस गम्भीर र तर्कपूर्ण विचारमन्थनमा आधारित हुन जरुरी छ। सामाजिक सञ्जालका हल्का टीका–टिप्पणीमा यो बहसलाई सिध्याउनु गलत हो। भावावेश र भावुकताको विषय यो कदापि होइन। काठमाडौं उपत्यका दुई राजधानीको भरिया बन्न सक्दैन। काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी नै अहिलेको उपयुक्त निर्णय हुनेछ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत सर्वोच्च अदालतले फैसलामा महिलाको शारीरिक स्वायत्तता र अधिकारका विषयमा गम्भीर व्याख्या गरेको छ । विवाह गर्छु भनी लिइएको सहमतिलाई स्वत... शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ भेडापालक बिर्ख धरालाले शुक्रबार अपराह्न फोन गरी आफूहरू पाटनको धतौरामा सुरक्षित रहेको बताएका थिए। तर भेडाहरूको अवस्था भने थाहा नभएको... शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा खोला आसपास नजान आग्रह गर्दै संगठनका स्वयंसेवकहरु जनचेतना फै... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलत्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्