काठमाडौं– छतबाट खसेर शान्तिनगरमा एक किशोरको मृत्यु भएको छ।
सप्तरी खड्ग नगरपालिका– ११ घर भएका १४ वर्षीय अभिषेक चौधरी सोमबार डेरा घरको चार तला माथीबाट खस्दा गम्भीर घाइते भएका थिए। उपचारको लागि निजामति अस्पताल मिनभवन लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।