मलेखु, धादिङ- गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका– ५ का २० वर्षीय कपिल सुनार विकलाई जिल्ला अदालतले १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ।
किशोरीलाई रु दुई लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन महिला तथा बालबालिका कार्यालयलाई पनि जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले आदेश दिएको छ। अभियुक्त विकले गत साल चैत २५ गते पछिल्लो तीन पुस्ताभित्रकी किशोरी बलात्कार गरेपछि प्रहरीले जाहेरीका आधारमा गत जेठ १ गते गिरफ्तार गरेको थियो।
दोषीलाई जबर्जस्ती करणीमा सात वर्ष, गर्भवतीलाई करणी गरेकामा थप पाँच वर्ष र हाडनातामा करणी गरेकामा थप तीन वर्ष सजाय गर्ने फैसला भएको छ। जिल्ला अदालतमा गत जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरी १३ दिनपछि आज फैसला गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।