गाईघाट– उदयपुरको बेलका नगरपलिकामा अज्ञात व्यक्तिको छुरा प्रहारबाट एक महिला घाइते भएकी छिन्।
बेलका–९ कमलाबारीका अमर दर्जीकी श्रीमती ३० वर्षीया लक्ष्मी परियारमाथि सोमबार राति छुरा प्रहार भएको हो। १३ वर्षका छोरा र ४ वर्षकी छोरीसँगै सुतिरहेको अवस्थामा उनीमाथि छुरा प्रहार भएको प्रहरीले बताएको छ। पीडितका पति वैदेशिक रोजगारका लागि साउदी अरबमा छन्।
छुरा प्रहारबाट परियारको देब्रे कोखामा गहिरो चोट लागेको छ। घाइतेलाई उपचारका लागि राति नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट चक्कु र चप्पल बरामद भएको जनाउँदै अभियुक्तहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।