लन्डन– लन्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा ३ जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ।
उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो।
‘अनुसन्धान समूहले अहिले रेलको ठक्करले मृत्यु भएका भनिएका मानिसको मृत्युबारे अनुसन्धान गरिरहेको छ। छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याइने छ।’, यातायात प्रहरीका अनुसन्धान अधिकारी ग्रे रिचार्डसनले भने।
दुर्घटनाबारे छानविनका कारण सहरी क्षेत्रबाट बाहिरिने र सहरमा भित्रिने रेल सेवा केही समय अवरुद्ध भएको थियो। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।