• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

डा देवकोटाको आरोह-अवरोह

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०७५  ००:४८
1140x725

काठमाडौं- पित्तनलीको क्यान्सरबाट ग्रसित वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ। डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो। उनको शवलाई मंगलबार दिउँसो १ बजेसम्म अस्पतालमै श्रद्धाञ्जलीका लागि राखेर पशुपति आर्यघाटमा दाहस‌ंस्कार गरिने भएको छ।

२०१० साल पुस ४ गते जन्मेका डा देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजारभन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा देवकोटा आफू भने क्यान्सरसँग पराजित भए। 

डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो। पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला फेल भएको थियो।

डा देवकोटालार्इ बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) देखिएपछि उपचारका लागि लण्डन लगिएको थियो। बेलायतमा पाँच महिना लामो उपचारपछि डा देवकोटालाई गत वैशाख १५ गते शनिबार नेपाल ल्याइएको थियो। बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि डा देवकोटाकै इच्छा अनुसार बाँकी उपचार आफ्नै अस्पतालमा गराउन नेपाल ल्याइएको हो।

डा देवकोटालार्इ भएको बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा)  दुर्लभ खालको क्यान्सर मानिन्छ । अमेरिकामा हरेक वर्ष ८ हजार मानिस यो रोगबाट पीडित भइरहेका हुन्छन् । तर दक्षिणपूर्वी एशियामा भने यो रोगबाट बिरामी अलि बढी नै पाइन्छन्। यो रोग सानो उमेरमा लाग्न सक्ने भएपनि बढीचाहिँ वयस्कहरुमा देखिन्छ। यसको सर्भाइभल रेट अर्थात् बाँच्ने सम्भावना भने कुन स्थानमा लागेको छ र कुन चरणमा यो पत्ता लाग्यो भन्नेमा भर पर्छ ।

बाइल डक्ट पित्तबाहिनी नली हो । यो कलेजोको तल्लो भागमा  जोडिएको हुन्छ । यो सानो नली हो, जो कलेजोदेखि सानो आन्द्रासम्म पुगेको हुन्छ । बाइल डक्टको मुख्य काम कलेजो र पित्तथैलीमा बनेका ‘बाइल’ नामको तरल पदार्थलाई सानो आन्द्रासम्म पुर्‍याउनु हो, जहाँ यसले खानामा रहेको चिल्लो पदार्थ पचाउने काम गर्छ।

पित्तथैली, पित्तनली तथा यसको वरिपरि क्यान्सर हुनु भनेको खतराको अवस्था हो। यसको प्रमुख उपचार भनेको शल्यक्रिया नै हो। शल्यक्रिया गर्न नमिल्निे अवस्थामा केमोथेरापीबाट उपचार हुन्छ।

केही समयअघि स्वास्थ्य खबरपत्रिकासँगको लामो कुराकानीमा उनले आफ्ना विद्यालय जीवन, व्यवसायिक जीवनका अनुभवलाई खुलेर बाँडेका थिए।

Ncell 2
Ncell 2

यस्तो थियो डाक्टर देवकोटाको जीवनयात्रा

घरबाटै सुरु भयो सपना 
डाक्टर बन्ने सपनाले घरबाटै पालुवा हाल्न शुरु गरिसकेको थियो। बुबा होमनाथ कविराज थिए, बुबाले पुर्‍याएको सेवा देख्दा उनको बाल मष्तिष्कमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलाउन थालेको थियो। अझ घरमा रहेको पाठशालाको वातावरणले उनलाई पढ्नुपर्छ भन्ने हुटहुटी जगाइरहन्थ्यो। पाठशालामा नुवाकोट त्रिशुलीदेखिका मानिसहरु पढ्न पुग्थे। एकप्रकारको गुरुकुल परिवेशमा हुर्किएका थिए उनी। घरकै पाठशालाका गुरुहरुको काखमा गोरखापत्रबाट क,ख सिके उनले।

तीक्ष्ण क्षमता सानैदेखि देखिएको थियो। एकैपटक कक्षा २ मा भर्ना भएका उनी पाँच कक्षादेखि अमरज्योति मावि लुइटेल भर्ना भए। विद्यालय तहको अतिरिक्त क्रियाकलापमा सधै अगाडि हुन्थे। विद्यालयमा जुन सदनमा उनी हुन्थे त्यसमा १८–२० नम्बर ल्याइदिन्थे। भलिबलदेखि खेलकुद, वादविवाद, वक्तृत्वकलाका मञ्च र निवन्ध प्रतियोगितामा कहिल्यै दोस्रो भएनन्। मेडिकल कलेज पढ्दासमेत उनलाई धेरैले भलिबल खेलाडीका रूपमा  चिन्थे।

०००

पाठ्यक्रमबाहिरको ज्ञानमा सहपाठीभन्दा उनी निकै अगाडि थिए। तिनताका देवकोटा गाउँको पुस्तकालयमा सचिव पनि भए। विद्यालय सकिएपछि उनीलगायतका विद्यार्थी पालैपालो लाइब्रेरियन बन्थे। सातामा एकपटक पुस्तकालयको बैठक बस्थ्यो। उनीहरु आफैँ माइन्युट लेख्थे। पछि मन्त्री हुँदा देखे मन्त्रिपरिषद्को माइन्युट पनि त्यहीस्तरको हुन्थ्यो।

सचिवको हैसियतले उनले बेलायती, अमेरिकी र भारतीय दूतावासदेखि नाम चलेका लेखक, प्रकाशन गृहको ठेगाना खोजेर पत्राचार गरी पुस्तक मगाएका थिए। वेलायती दुतावासले एक सय ५० थान पुस्तक ठाँटीपोखरी एयरपोर्टसम्म पठाइदिएछ। हातमा पत्र पुग्नेबित्तिकै उनी पुस्तक लिन एयरपोर्ट हानिइहाले। पुस्तकालयका कारण गाउँमा पढ्ने संस्कृति नै बनिसकेको थियो। राजधानीबाट निस्कने गोरखापत्र पाँच दिनपछि गाउँमा पुग्थ्यो। मधुपर्कका प्रत्येक अंक पनि लिगलिग गाउँ आइपुग्थे।

०००
७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोले। त्यसको विधान आफैं लेखे। पालैपालो पदाधिकारी परिवर्तन हुन्थे। धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाए। तिहारमा कौडा चलिरहँदा पुलिस बोलाएर जुवासमेत बन्द गराए।
 
तर्कका भण्डार
विद्यालय तहमै उनले आफ्नो विलक्षण प्रतिभालाई सावित गरिसकेका  थिए। वादविवाद, वक्तृत्वकला र निबन्ध प्रतियोगितामा विद्यालयका अन्य विद्यार्थीजस्तो कण्ठ बनाएर सुनाउँने उपस्थिति हुन्थेन उनको। उनी प्रत्येक प्रतियोगितामा नयाँ तर्क र तथ्यसहित प्रस्तुत हुन्थे र जुनसुकै विषयमा पनि उत्तिकै राम्रो बोल्थे। एक हिसाबले ‘एन्टी करेन्ट’ जस्तै। सबै विद्यार्थी महिलालाई शिक्षा दिनुपर्छ भन्ने विषयमा तछाडमछाड गर्दै तर्क गर्न उत्रन्थे। तर,  दिन्नहुन्न भन्ने पक्षमा पनि उपेन्द्र खरो रुपमा उत्रन्थे, चकित हुन्थे गुरु र सहपाठीहरु।

तर्क खोज्न उनले थुप्रै संस्कृतका श्लोक खोज्थे। पहिलोपटक कक्षा ६ मा पढ्दापढ्दै विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा उनले १० कक्षासम्मका सबैलाई उछिने। कक्षाकोठाको परिधिभित्र खुम्चिएर बसेनन्। कक्षाका किताब रटेर बस्नु त समयको बर्बादी हो भन्ने लाग्थ्यो। वृहत ज्ञान बढाउँनतिर लागे।

त्यो मेहनत र क्षमताले गर्दा विद्यालय तहमै उनको क्षमता धेरै माथिल्लो स्तरको भयो। एसएलसीमा उनी बोर्डमा परे। बहुविषय पढाईका कारण बुझाईको स्तर धेरै माथि थियो। तर एसएलसीमा केही विषयमा कमै नम्बर आयो। 

स्वास्थ्खबरसँगको कुराकानीमा उनले भनेका थिए, ‘विद्यालय तहमा त्यो स्तरको लेखाई बुझ्न सक्ने जाँचकी नै थिएनन्।' अंग्रेजी र नेपाली भाषा राम्रा उत्कृष्ठ लेख्न सक्नेको ती विषयमै नम्बर आएन।

उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे। बायोलोजीमा फस्ट डिभिजन ल्याउने ब्याच नै उनको थियो। भर्ना गर्दा फष्ट डिभिजन पनि आउँदैन भन्ने सुनेर केही दिन उनी म्याथम्याटिक्सको कक्षामा समेत गएर बसे। चिकित्सक बन्ने सपना बाल्यकालदेखि कै थियो। बायोलोजीको विकल्प थिएन। आइएस्सीमा बायोलोजीमा एक नम्बरले डिस्टिङसन पुगेन । त्यसअघि बायोलोजीमा कसैको फस्ट डिभिजन आएको थिएन।
 
विद्रोही विद्यार्थी

उनले नम्बर किन कम आयो भनेर कसैसँग गुनासो गर्दै हिँडेनन्। जिन्दगीको सफलताका लागि उनले हिडिरहेको बाटो सही थियो र यही पढाईले विद्यालय तहमै ‘हाइ कन्फिडेन्ट’, एक्सपोजर दिइसकेको थियो। उनको ‘ग्रुमिङ’ नै ज्ञानको बीचबाट सुरु भयो। कोर्सबाहिरका कुरामा झन् राम्रो गर्न सक्थे। जीवन दर्शनबाट उनीसँग धेरै ‘कन्फ्युजन’ बाँकी थिएनन्।

धर्मका प्रचारकहरुले खोलेको विद्यालयमा यी अब्बल विद्यार्थीले सधै विद्रोही विद्यार्थीको पहिचान बनाए। तर गुरुहरुको अनुशासनलाई कहिल्यै नाघेनन्। स्कुलमा चर्च भएपछि उनी धर्मप्रचारका विरोध गर्थे। त्यसको असर कतिपय विषयमा शिक्षकले दिने नम्बरमा परेको उनी बताउँथे। नेपाली पढाउँने एकजना गुरूले उनलाई प्रत्येकपटक दिने नम्बर थियो ६२। एकपटक सो विषयका शिक्षक फेरिए, उनको नम्बर आयो ८३।

गुरुवचन तोडेनन्
एसएलसीसम्मका उनका सम्झना पनि रोचक छन्। गुरुवचन तोडेको भए अवस्था अर्कै हुन्थ्यो। एसएलसीमा गणितको प्रश्नपत्र उनले डेढ घण्टामा सिध्याए। उनले दोहोर्‍याएर उत्तर जाँचे, सबै ठिक थियो। तर ज्यामितिको एउटा प्रश्नको उत्तरको चित्रमा एक मिलिमिटर जति ढल्किएको जस्तो लाग्यो उनलाई। स्कूलमा शिक्षकले एउटा अनुशासन सिकाएका थिए  उत्तरपुस्तिकाको प्रत्येक पानाको तल पिटिओ अर्थात ‘प्लिज टर्न ओभर’ नलेख्ने।  

उनले त्यो प्रश्न काटेर अन्तिम पन्नामा लेखे। यसपटक धर्मसंकट पर्‍यो। १८ नम्बरको प्रश्न थियो। बीचको काटिसकेका थिए। पिटिओ लेख्नैपर्ने अन्यथा नम्बर नआउने अवस्था भयो। उनले गुरुबचन संम्झे र पिटिओ लेखेनन्। एसएलसीमा गणितमा ८२ अंक मात्रै आयो। अहिले पनि उनी गुरुहरुप्रति उत्तिकै सम्मान गर्छन्। अहिले 8मा अनुशासनको मूल्य कम हुँदै गएको उनको ठहर छ। र तिनीहरुलाई उनको चुनौती पनि छ, –‘अनुशासनप्रतिको निष्ठालाई कमजोरी नठानियोस् ।’

बेलायतीहरु छक्कै

बाल्यकालदेखि नै सिद्दान्तप्रतिको निष्ठामा उनी कहिल्यै डग्मगाएनन्। बरु उनी तिरस्कार, कष्ट भोग्न तयार भए। शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे। त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए।

अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोष्टिङ भए। पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे। विभागीय प्रमुख थिए –डा.दिनेशनाथ गंगोल। दुई वर्षमै उनी सर्जरी विभागमा रजिष्ट्रार भए। पाँच वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए। चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी त उनले तालिम अवधि नसकिँदै पास गरे। त्यो कुरालाई बेलायतीले पनि सम्मान गरे। नेपालमा सिकेको विद्यार्थीको यो स्तर देखेपछि उनीहरुले अर्को वर्षदेखि नेपालमा ‘एफआरसिएस’ को परीक्षा केन्द्रं राखे।

पढाईपछिको तालिमका करिब ६ वर्ष उनले सिटि स्क्यान आविष्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर पाए। जिन्दगीमा पाएको त्यो एक्स्पोजरले उनको सोचाई, आँट र सीपलाई अझै परिष्कृत गर्‌यो । बेलायतको अध्ययनले उनलाई ठुल्ठुला सपना देख्न सिकाएको ठहर उनको छ। ‘कमजोर मानिसले भिजन लिन सक्दैनन्’ उनी भन्थे ‘स्वदेश फर्किएपछि नेपालका स्वास्थ्य क्षेत्रमा लागू भएका र हुन वाँकी भिजन मैले वेलायत र मेरो स्कुलिङबाट सिकेँ।’

लगातार २२ घण्टा सर्जरी
बेलायतको ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो। तर त्यहाँका विलासिताले तानेन। उनले ठाने ‘मैले यस्ता संस्था नेपालमै बनाउँनुपर्छ।’ फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभागसमेत बन्यो। नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे। शल्यक्रिया सकेको पाँचौ दिनको दिन टाँका काटेर बिरामी झोला बोकेर घर फर्कियो। उनीसँगके कुराकानीका क्रममा त्यो दिन सम्झँदै गर्व महसुस गरेका थिए। नेपालमा न्युरोसर्जरीको विकास गर्न सकिन्छ भनेर देखेको सपना विपनामा परिणत भएको दिन थियो त्यो उनका लागि। त्यसपछि उनी अहोरात्र त्यसको विकासमा लागे। रातदिन नभनी काम गरे। लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीरमा गरे।

०००

१० वर्षपछि नै नेपालमा उनकै अगुवाईमा १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भयो। संसारभरबाट ३०० न्युरोसर्जन नेपाल आएका थिए। वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थिए। सम्मेलनमा नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले ‘वाहवाह’ गर्‍यो।

वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष बिताए। हजारौ गरिबलाई सेवा दिए।  वीर अस्पतालबाट मात्रै थुप्रै न्युरोसर्जन तयार पारे। यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए। उपेन्द्रलाई धेरैले राजावादीको आरोप लगाए। उनी स्पष्ट थिए ‘म राजाका लागि मन्त्री भइदिएको हैन। साइन्स पढेको मान्छेले विष्णुको अवतार कसलाई मान्छ?’ उनले त्यतीबेला प्रतिप्रश्न गरेका थिए ‘राष्ट्रका लागि केही भूमिका निर्वाह गर्न सकिन्छ की भनेर मन्त्री भएको थिएँ।’

०००

त्यतिबेला स्वास्थ्य मन्त्रालयमा पनि उनले धेरै नयाँ काम गरे। अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बनाए। नेपालमै विशेषज्ञ डाक्टर उत्पादन सुरु भयो। दुर्गममा पोष्टमार्टम गर्ने चिकित्सक नपाइने अवस्थामा सरकारी चिकित्सक गाउँ जान तछाडमछाड गर्ने अवस्था आयो। दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्राजुयट (पिजी) निःशुल्क पढाइदिने भनेको थियो।

विशेषज्ञ चिकित्सक उत्पादनमा नेपालले एउटा इतिहास रच्यो। अध्यादेशमार्फत् यस्तो निर्णय गरेको भन्दै धेरै सहकर्मी चिकित्सक पनि विरोधमा उत्रिए। लोकतन्त्रपछि तत्कालिन स्वास्थ्य मन्त्री अमिक शेरचनको पालामा नाम्स खारेज गर्ने चलखेल भयो। उपेन्द्रले चुनौती दिए ‘सक्छौ भने गरेर देखाउँ।' विद्यार्थीले नै मन्त्रीलाई कडा चुनौती दिनेछन् भन्ने उनलाई पक्का थियो। अन्तत न्याम्स खारेज भएन।

सपना पूरा गरेरै छाडे

उनको सोचाई प्रत्येक क्षेत्रीय अस्पतालमा डाक्टर पढाउने थियो । सरकारीस्तरमै मेडिकल कलेजको संख्या पनि बढाउन चाहन्थे। तर समय पुगेन। त्यसो गर्न सकेको भए, अहिले चिकित्सक र विशेषज्ञ उत्पादनको नाममा करोडौंको व्यापार नहुने उनको ठम्याई छ। सरकारी सेवामा चिकित्सको अभाव र गुणस्तरीय स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने योभन्दा सजिलो उपाय नेपालका लागि नहुने उनको भनाई छ। स्वास्थ्य मन्त्रालय र विभागमा वर्षौदेखि घुमिरहेका हाकिमदेखि आफूलाई विज्ञ सम्झने धेरै मन्त्री अहिले पनि स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ भन्नेमा अष्पष्ट छन्।

उनको स्पष्ट दृष्टिकोण छ– प्राइमरी र सेकेन्डरी केयर विकेन्द्रित हुनुपर्छ र तर टर्सरी (सुपर स्पेसियालिटी) केयर केन्द्रिकरण । उनले न्युरो, मुटु, बाल रोग र क्यान्सरका छुट्टाछुट्टै संस्था त्यो पनि केन्द्रमै हुनुपर्छ भनेका थिए। भरतपुरमा क्यान्सर अस्पताल लैजान हुन्नथ्यो भन्ने उनको स्पष्ट मत छ। यस्ता विशिष्टीकृत अस्पताल एक्लै उभ्याएर हुन्न। वरपर अरु स्पेसलिष्ट फिडर अस्पताल चाहिन्छ भन्ने उनको स्पष्ट मान्यता थियो। यो सोच पूर्ण कार्यान्वयन हुन सकेन।

०००
उनले गंगालाल भएको ठाउँमा न्युरो अस्पताल बनाउँन चाहेका थिए। नभएपनि सोही भिजनमा बनेको गंगालालको आधा जग्गा न्युरो अस्पताललाई दिनुपथ्र्यो भन्ने उनको बुझाई थियो। केही मान्छेले असहयोग गरे, तर पनि उपेन्द्रले न्युरो अस्पतालको लबिङ छाडेनन्। उनलाई सबैले बाइपास गरे। गंगालाल बनेपछि पनि उनले वीरको मुटुरोग विभाग गंगालालमा गाभ्न खोजे, त्यसमा पनि ठूलो चलखेल भयो।

उनी सधै योजनामुताविक चल्छन्। धेरै विरोधी हुँदा पनि सही काम गर्न उनी कहिल्यै डराएनन्। बाँसबासीमै न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापनाको सपना पूरा गर्ने अठोट थियो। न्युरो अस्पताल निर्माण सकिएर सेवा सुरु गर्ने पहिलो दिन बिहान, उनले आफ्नो मातहतमा अन्य प्राइभेट अस्पतालमा भर्ना भएका १८ जना बिरामीलाई एम्बुलेन्सबाट ओसार्न लगाएर योजनाबद्ध तरिकाले उद्घाटन गरे। विशेषज्ञ सेवाका लागि छुट्टै संस्थाको सपना उनले पूरा गरे। उनलाई सो अस्पतालमा पनि अन्य विषयका सेवा सुरु गर्न धेरैका सल्लाह थियो। तर उनको सपना जनरल अस्पताल थिएन, र त उनी त्यही संस्थाको विकासमा अहोरात्र खटिइरहे।

०००
बिहान उठेपछि बेलुका सुत्नुअघि अस्पतालमा भर्ना भएका प्रत्येक बिरामीलाई उचित  सल्लाह दिन्थे। न्युरो अस्पताललाई उपचार, अनुसन्धान, पुनस्र्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच थियो। 

नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको श्रेय उपेन्द्रलाई नै जान्छ। उनले छोटोसमयमै ठूलो फड्को मारेर देखाए। हालसम्मको सेवाअवधिभर उनी एक्लैले करिव २५ हजार सर्जरी गरिसकेका छन्। १० लाख बिरामीलाई प्रत्यक्ष जाँचेको अनुमान थियो उनको। उनी उनको पुस्ताकै चर्चित र सफल न्युरोसर्जन हुन्।

बेलायत जाँदा कलेजको रिसेप्सन
नेपालको एउटा गाउँमा मकै भटमास खाएर खाली खुट्टा स्कूल जाने बालकले देखेको सपना लगभग पूरा भएको छ। उनीबाट भावीपुस्ता मात्रै होइन समकक्षी चिकित्सकले पनि सिक्न सक्ने धेरै ठाउँ छ। उनी एसियाकै नामी सर्जन हुन्। उनको योगदान र सफलतामा उनको कलेजसमेत गर्व गर्छ। उनी बेलायत जाँदा रोयल कलेजले नै रिसेप्सन दिन्थ्यो। उनका प्राध्यापकले धेरैपटक दोहोर्‍याएका छन्–‘यो कलेजमा पढेकामध्ये एक्लै यति गर्न सक्ने थोरै अब्बल विद्यार्थीमा पर्छन देवकोटा’।

०००
उनका खुट्टा तान्नेदेखि, डाहा गर्ने र आलोचकको पनि कमी थिएनन्। असल बाटोमा ३४ वर्ष हिड्दा पाएको उपलब्धी पनि स्वभाविक नै हो। महङ्गो चिकित्सक र बिरामीलाई थोरै समय दिन्छ भन्ने आरोप उनीमाथि थियो। ‘संसारमा म जत्तिका न्युरोसर्जनका आफ्नै जेटप्लेन छन्।’ उनी भन्थे, ‘२५ वर्ष वीरमा बसेर निःशुल्क सेवा गरेँ, संसारमै सबैभन्दा सस्तोमा न्युरो सर्जरी गर्दा पनि महङ्गो भन्न सुहाउँछ?’ उनले न्युरो सर्जरीलाई मुटु वा अन्य विधाका सर्जरीसँग तुलना गर्दा पनि महङ्गो नभएको बताएका थिए।

विदेशमा उनका समकक्षी प्रत्येक दिन १०–१२ जनालाई मात्र ओपिडीमा हेर्छन्। दुर्गम गाउँबाट हप्तौको यात्रा गरेर आएका बिरामीलाई निराश फर्काउनुभन्दा थोरै समय भएपनि दिनुपर्छ भन्ने मान्यता राख्थे उनी। 

गरिबको उपचारजस्तो आनन्द अरु केही छैन

उनलाई आफू पनि राजनीतिक प्राणी हुँ भन्ने लाग्थ्यो। मनमोहन अधिकारीजस्ता इमान्दार राजनीतिज्ञको नजिक रहेर उनले स्वास्थ्यमा केही सुरुवात गराउन सके। वृद्धभत्ता सुरुवात गर्न एमाले सरकारलाई सल्लाह दिनेमा उनी थिए। स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य बमा लागु गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाएका थिए। सवारीसाधनमा सिटबेल्ट बाँध्ने, मोटरसाइकलमा बस्ने दुबैले हेल्मेट लगाउनुपर्छ भन्ने अवधारणा, मादक पदार्थ सेवनको जाँचलाई कडाई गर्नुपर्छ भन्ने सोच उनैको थियो। त्यतिबेला सुरु भएका अभियान अहिले आएर पुनः ताजा भइरहेका छन्।

उनी भन्थे, ‘नेपालमा अहिले मेडिकल शिक्षा गलत दिशामा गैरहेको छ। मेडिकल शिक्षा आममानिसको पहुँचभित्र आउनु पर्छ। शिक्षा सस्तोबाट महँगोमा गएपछि विकृति आएको छ। डाक्टर पढ्ने थुप्रै विद्यार्थी उपेन्द्र बन्न चाहन्छन्। तर, जेहेन्दार विद्यार्थीले पनि निःशुल्क पढ्न पाउने अवस्था रहेन। 8 अशिक्षित छ। बेलायतमा उपेन्द्र सफल भयो भनेर ‘थ्यांक्यु कार्ड’ पठाउँछन्। नेपालमा त्यो दुर्लभ छ। तर, गरिबको खुट्टा छामेर उपचार गर्दा पाउने आनन्द अरुमा छैन।’

छोरी अपहरणको त्यो क्षण
उनले एमबिबिएस सकेपछि सन् १९८६ मा डा मधु दीक्षितसँग विवाह गरे। उनका तीन छोरी छन्। जीवनमा उनले मेहनत गर्न सिके। समय कहिल्यै खेर फालेनन्। सबैलाई राम्रो गर्दागर्दै पनि केही वर्षअघि जीवनकै सबैभन्दा दुःखद क्षण आएकोमा उनी निकै चिन्तीत थिए। उनकै अगाडि छोरीको अपहरण भएको थियो।

उनी आफूलाई कहिल्यै कमजोर ठान्दैन थिए। देशका मान्छेको ‘टाउको जिम्मा लिएका’ उनलाई अपहरणको समयमा छोरीले ‘डन्ट वरी बाबा म जान्छु’ भन्दा आफूलाई निकै निरीह महसुस गरेका थिए। उनको छोरी छुटिन् तर केही मिडियाले पैसा कमाएकाले पैसा तिरेर छुटायो भनेर लेखे। त्यतिबेला उनले कमै ठाउँबाट सहयोग पाएको सुनाएका थिए। प्रहरीको सहयोगचाहिँ उनलाई सबैभन्दा बढी प्रभावकारी लागेको थियो।

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ००:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू
कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने, गगन–विश्वप्रकाशले सम्बोधन गर्ने
एक वर्षमा ४० लाख भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता
सम्बन्धित सामग्री
निषेधको प्रवृत्ति अन्त्य गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह नेपाल पत्रकार महासंघ कोसी प्रदेशद्वारा विराटनगरमा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले... शुक्रबार, फागुन ८, २०८२
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण शुक्रबार सहरी विकास मन्त्री प्रा. डा. कुमार इङ्नामसहितको टोलीसहित राष्ट्रियसभा अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण... शुक्रबार, फागुन ८, २०८२
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग... शुक्रबार, फागुन ८, २०८२
ताजा समाचारसबै
काँग्रेसको अनुशासन कार्यविधि-२०८२ पारित शुक्रबार, फागुन ८, २०८२
निषेधको प्रवृत्ति अन्त्य गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको आग्रह शुक्रबार, फागुन ८, २०८२
वृद्धमाथि सडकमा हातपात गर्ने पारस बमलाई सात दिन म्याद शुक्रबार, फागुन ८, २०८२
प्रतिनिधिसभा विघटनविरूद्धको रिट फागुन २२ गतेलाई साधारण तारेख शुक्रबार, फागुन ८, २०८२
रास्वपालाई एमालेको चेतावनी- हाम्राे धैर्यतालाई कमजोरी नठान्नू शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चुनाव प्रचारमा ‘रुफटप भेहिकल’ प्रयोग गर्न नदिने निर्णय बिहीबार, फागुन ७, २०८२
एमालेका पूर्वमन्त्री रामवीर मानन्धरसहित ४ नेता काँग्रेसमा समाहित बिहीबार, फागुन ७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको भैरहवा कार्यक्रम स्थगित शुक्रबार, फागुन ८, २०८२
सुनचाँदीको मुल्य कति पुग्यो ? शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्