हेटौंडा– मकवानपुरको हेटौंडामा भोलिदेखि सुरु हुने जिल्ला सभापतिहरुको भेलाअघि आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन। पार्टी सभापति शेरबहादुर देउवा चितवनमा आयोजित एक कार्यक्रम सकी आउन ढिलो भएकाले केन्द्रीय समिति बैठक बस्न ढिलाइ भएको जनाइएको छ।
हेटौंडास्थित कांग्रेस जिल्ला पार्टी कार्यालयमा दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बस्ने भनिएको थियो। हेटौंडामा जिल्ला सभापितहरु र केन्द्रीय नेताहरु जम्मा भइसकेका छन्।
जिल्ला सभापतिहरुको चौथौ राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा जिल्ला सभापतिहरु पनि पदेन सदस्यका रूपमा सहभागी हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।