काठमाडौँ- कांग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छन्।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर महाधिवेशनमा गर्नुपर्नेमा जोड दिइन्। 'काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म व्यक्ति नहुँदा समस्या परेको छ,' नेत्री कोइरालाले भनिन्, 'संसद्मा बोल्ने विषयमा पार्टीभित्र छलफल नहुँदा कांग्रेस कमजोर प्रतिपक्षका रुपमा देखिएको छ।'
सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भइसकेको आरोप लगाउँदै उनले देउवाकै कारण पार्टी कमजोर भएको जिकिर गरिन्। चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क थियो।
हैकमवादी प्रवृत्तिले का|ग्रेस चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
नेत्री कोइरालाले स्थानीय तहसम्म पार्टी संरचना लैजानुपर्नेमा अहिलेसम्म पुग्न नसकेको बताइन्।
चीन भ्रमणमा पूर्व सरकारले गरेका सन्धि सम्झौतालाई कार्यान्वयन गर्नेबारे यो सरकार लाग्नुपर्नेमा चर्चा गर्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेकी नेत्री कोइरालाले भनिन्, 'चीन र भारत दुवै नेपालका छिमेकी हुन्। दुवै देशसँग नेपालले समदुरी सम्बन्ध राख्नुपर्छ र चीन र भारत दुवैको समृद्धिको फाइदा नेपालले लिनुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।