काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारदेखि हुन लागेको आफ्नो चीन भ्रमणबारे संघीय संसद्का दुवै सदनलाई जानकारी गराउने भएका छन्।
भ्रमणका एजेन्डा तथा प्राथमिकताका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिन लागेका हुन्। राज्यको प्रतिनिधित्व गरेर विदेश जाँदा संसद् अधिवेशन चलिरहेको अवस्थामा भ्रमणबारे जानकारी दिने संसदीय अभ्यास छ।
संघीय संसद् सचिवालयका अनुसार, प्रधानमन्त्रीले प्रतिनिधिसभामा अपराह्न ४ बजे र राष्ट्रियसभामा ४:३० मा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्रीको चीन भ्रमणमा केरुङ-काठमाडौं रेल सञ्चालनको मोडालिटी, विभिन्न सात वटा नाकासम्म पुग्ने पक्की सडक लगायतका विषयलाई नेपालले प्राथमिकता दिने लगायको तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।