काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाको पदावधि ६ वर्ष कायम भएको छ। राष्ट्रियसभा सदस्यको पदावधि निर्धारण गर्न आज गरिएको गोलाप्रथाबाट उनको कार्यकाल तोकिएको हो। उनले ६ वर्षको गोला तानेका थिए।
पहिलोपटक विभिन्न क्लस्टरका आधारमा छानिएका ५९ जना राष्ट्रियसभा सदस्यहरुको कार्यकाललाई २, ४ र ६ वर्षमा विभाजन गर्न सोमबार गोलाप्रथा विधि प्रयोग गरिएको हो। यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्ष कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।