काठमाडौं- आईसीसी टी२० विश्वकप क्रिकेटको टिम अफ द टुर्नामेन्ट सार्वजनिक भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार विश्वकपको टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो।
उत्कृष्ट टिमको कप्तानमा पाकिस्तानका बाबर आजम रहेका छन्। बाबरले प्रतियोगिताभर ६ खेलमा ४ मा अर्धशतकसहित कुल ३ सय ३ रन बनाएका थिए।
टिममा सर्वाधिक धेरै खेलाडी च्याम्पियन टिम अष्ट्रेलियाका रहेका छन्।
आइतबार राति भएको फाइनलमा न्यूजिल्यान्डलाई ८ विकेटले हराएर अष्ट्रेलियाले पहिलोपटक विश्वकपको उपाधि जितेको थियो।
टिम अफ द टुर्नामेन्ट :
डेभिड वार्नर
जोस बट्लर
बाबर आजम
चारिथ असलंका
एडिन मार्क्रम
मोइन अली
वाविन्दु हसरंगा
एडम जाम्पा
जोश हाजलउड
ट्रेन्ट बोल्ट
एन्रिच नोर्किया
शहिन अफ्रिदी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।