काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ को फाइनलमा न्यूजिल्यान्डले अस्ट्रेलियालाई १ सय ७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्यूजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो।
न्यूजिल्यान्डका कप्तान केन विलियम्सनले सर्वाधिक ८५ रनको योगदान दिए । उनले ४८ बलमा १० चौका र ३ छक्का प्रहार गरे।
यस्तै, मार्टिन गप्टिलले २८ रन जोडे। ओपनर गप्टिलले ब्यक्तिगत १० रनमा जीवनदान पाएका थिए। स्पिनर ग्लेन म्याक्सवेलको तेस्रो ओभरको तेस्रो बलमा 'इन साइट एज' लागेपनि विकेटकिपर म्याथ्यु वेडले क्याच 'ड्रप' गरेका थिए।
ग्लेन फिलिप्सले १८ र डार्यल मिचेलले ११ रन जोडे। जेम्स निशम १३ र टिम सेइफर्ट ८ रनमा अविजित रहे।
अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए। एडम जाम्पाले १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।