• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

इतिहास अस्ट्रेलियाको साथमा, नयाँ इतिहास रच्‍न आतुर न्यूजिल्याण्ड 

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २८, २०७८  १६:५५
1140x725

सर्वाधिक पाँच पटक एकदिवसीय विश्वकप उचालेको अस्ट्रेलियाको एउटा दुर्लभ असफलता हो- टी-२० विश्वकपको उपाधि अहिलेसम्म जित्न नसक्नु। अस्ट्रेलियाले सीमित ओभरको प्रतियोगितामा लोभलाग्दो सफलता हात पारिरहेको बेला टी-२० विश्वकपको पहिलो संस्करण आयोजना भएको थियो, सन् २००७ मा।

त्यही वर्ष हो, अस्ट्रेलियाले लगातार तेस्रोपटक एकदिवसीय विश्वकप जितेको। र, यस्तो सफलता हात पार्ने इतिहासकै एकमात्र टोली बनेको थियो, अस्ट्रेलिया।

यसबीचमा टी-२० विश्वकप ६ पटक आयोजना भइसकेको छ। तर, अस्ट्रेलियाले यो प्रतियोगिता जित्न सकेको छैन। यसपालि बिर्सनलायक त्यही इतिहास फेर्ने संघारमा ‘कंगारु टोली’ अस्ट्रेलिया उभिएको छ।

बिहीबार फाइनल प्रवेश गर्ने अन्तिम टोलीको छिनोफानो गर्न भएको सेमिफाइनलमा पाकिस्तानले दिएको १७७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया हारको संघारमै पुगिसकेको थियो। तर, मार्कस स्टोइनिसले ४० र म्याथ्यु वेडले ४१ रनको योगदानसहित शानदार अविजित अर्र्धशतकीय साझेदारी गरेपछि एक ओभर बाँकी छँदै अस्ट्रेलिया विजयी भयो, त्यो पनि समूह चरणमा कुनै पनि खेलमा हार नबेहोरेको पाकिस्तानलाई पराजित गर्दै।  

१९औं ओभरमा वेडले प्रतियोगिताकै खतरनाक मानिएका तीव्र गतिका बलर साहिन साह अफ्रिदीमाथि लगातार तीन छक्का प्रहार गरेका थिए। त्यसमध्ये दुईवटा प्रहार स्कुप शट थिए। इनिङ्सको अन्त्यतिर यी दुईबीचको ब्याटिङ साझेदारीले अस्ट्रेलियालाई पुनः उपाधि नजिक पुर्‍याइदिएको छ। 

आइतबार राति यूएईको दुबईमा हुने फाइनलमा न्यूजिल्यान्डलाई हराउन सके अस्ट्रेलिया क्रिकेटको सबैभन्दा छोटो फर्म्याटमा नयाँ विश्व च्याम्पियन हुनेछ। अस्ट्रेलिया यसअघि सन् २०१० को संस्करणमा फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा इङ्ल्यान्डसँग पराजित भएको थियो।

टी-२० विश्वकपमा न्यूजिल्यान्ड र अस्ट्रेलियाबीच एक मात्र खेल भएको छ, सन् २०१६ मा। उक्त खेलमा न्यूजिल्यान्ड ८ रनले विजयी भएको थियो। टी-२० अन्तर्राष्ट्रियका कूल १४ खेलमध्ये अस्ट्रेलिया ९ र न्यूजिल्यान्ड ५ खेलमा विजयी भएका छन्। 

गत मार्चमा भएको पाँच टी-२० आई सिरिज न्यूजिल्यान्डले ३-२ ले जितेको थियो। आईसीसीका खेलमा यी दुई टोलीबीच नकआउट खेलमा कूल १७ खेल भएका छन्। जसमा अस्ट्रेलिया १६ खेलमा विजयी भएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

पाकिस्तानजस्तै प्रतिद्वन्द्वी
न्यूजिल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फर्म्याटमा विश्वकप जित्न सकेको छैन। टी-२० क्रिकेटमा पहिलोपटक फाइनल पुगेको न्यूजिल्यान्ड एकदिवसीय विश्वकपका पछिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधिबिमुख छ। 

न्यूजिल्यान्ड सुपर १२ को समूह २ का ५ खेलमा ४ जित र १ हारसहित ८ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो। सेमिफाइनलमा उसले इंग्ल्याण्डलाई पाखा लगायो।

न्यूजिल्यान्डलाई आफ्ना सबै ५ खेल जितेको पाकिस्तानले हराएर सेमिफाइनलमा स्थान बनाएको थियो। सेमिफाइनलमा अघिल्लो चरणका सबै खेल जित्ने एकमात्र टोलीका रुपमा पाकिस्तान थियो। तर, त्यही टोलीलाई ५ विकेटले हराएर अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको छ।

यसपटक पाकिस्तानले अस्ट्रेलियासँग त्यस्तो देशमा खेलेको थियो, जहाँ ६ वर्षयता कुनै पनि खेल हारेको थिएन। उसले त्यहाँ लगातार १६ खेल जितेको थियो। तर, यसपटक आईसीसीका प्रतियोगितामा अघिल्लापटकझैँ पाकिस्तानले नकआउट चरणमा अस्ट्रेलियालाई हराउन सकेन।

कुनै पनि प्रतियोगिताको नकआउट चरणमा अस्ट्रेलियालाई हराउन नसकेको अर्को टोली हो, न्यूजिल्यान्ड। हालसम्म यी दुई टोली १७ पटक नकआउट चरणमा भिडेका छन्। सबैमा अस्ट्रेलियाले जीत हात पारेको छ।

यसपटक फाइनलमा स्थान बनाउनेक्रममा न्यूजिल्यान्डले उपाधिको प्रमुख दाबेदार मानिएको इङ्ल्यान्डलाई हराएको हो, सेमिफाइनलमा। जुनमा भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको न्यूजिल्यान्ड लगातार तेस्रोपल्ट आईसीसी प्रतियोगिताको फाइनल खेल्दै छ।

सेमिफाइनलमा न्यूजिल्यान्डले उपाधिको दाबेदार इङ्ल्यान्डलाई हराएर सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलमा बेहोरेको हारको बदला लिएको थियो। 

बदला लिन चाहन्छ न्यूजिल्यान्ड
अस्ट्रेलियासँग च्याम्पियन टोलीको ट्याग छ। २०१५ को एकदिवसिय विश्वकप फाइनलमा न्यूजिल्यान्डलाई ७ विकेटले हराउँदै अष्ट्रेलया पाँचौं पटक च्याम्पियन बनेको थियो। आइतबार साँझ हुने खेलले त्यो एकदिवसीय विश्वकप फाइनल पनि सम्झाउने छ।

केन विलियम्सनको उत्कृष्ट कप्तानीमा रहेको न्यूजिल्यान्ड त्यसको बदला लिन चाहन्छ। विलियम्सनको नेतृत्वमा न्यूजिल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। 

उत्कृष्ट कप्तान, सन्तुलित टोली, टिम एकता, आक्रामक बलिङ र अनुशासित फिल्डिङ प्रदर्शन गर्दै आएको न्युजिल्याण्डका प्रमुख ब्याट्स्म्यान हुन्, विलियम्सन। फाइनलमा उनको प्रदर्शन टोलीको लागि सबभन्दा महत्त्वपूर्ण हुनेछ।

ओपनर मार्टिन गप्टिल र ड्यारेल मिचेल उनका दुई प्रमुख हतियार हुन्। उनीहरु जारी प्रतियोगितामा उत्कृष्ट लयमा छन्। 

इंग्ल्यान्डलाई स्तब्ध पार्न मिचेलले ७२ रनको अविजित इनिङ्स खेलेका थिए। समूह चरणमा भारतलाई हराउँदा पनि उनले ४९ रन बनाएका थिए।

यता, इंग्ल्यान्डविरुद्ध फाइनलमा नायक बनेका जिमी निशम घातक ब्याट्सम्यान हुन्। निशमले अन्त्यतिर ३ छक्का प्रहार गर्दै नतिजा उल्ट्याए र फाइनलमा स्थान पक्का गराए। निशम फिनिसिङमा माहिर छन्। 

यता, न्यूजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट, टिम साउथी र एडम मिल्ने बलिङतर्फका प्रमुख हतियार हुन्। स्पिनर ईश सोधी र मिचेल सान्टनारको प्रदर्शनमा दाग लगाउने ठाउँ छैन। 

न्यूजिल्यान्डमा एक मात्र परिवर्तनको सम्भावना छ।  डेभन कन्वेको स्थानमा टिम सिफर्ट खेल्नेछन्। कन्वे चोटका कारण फाइनल खेल्ने छैनन्। उनी हात भाँचिएपछि टिमबाट बाहिर छन्। सेमिफाइनलमा आउट भएपछि हातले आफ्नै ब्याटमा हानेर निराशा प्रदर्शन गरेका उनको हात त्यही कारणले भाँच्चिएको हो। त्यसैले उनको स्थानमा विकेटकिपर सिफर्ट खेल्नेछन्।

पहिलोपल्ट टी-२० विश्वकपको फाइनल खेल्न लागेको न्यूजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले आफ्नो टोली अस्ट्रेलियाली चुनौती सामना गर्न उत्साहित रहेको बताएका छन्। 

‘उनीहरूसँग यस्ता खेलाडीको समूह छ, जो वास्तविक म्याच विनर हुन्,’ उनले भने, ‘त्यसैले हामी आफ्नो योजनालाई जस्ताको तस्तै लागू गर्नेछौं। हाम्रा खेलाडीहरू सही लयमा छन्। जब हामी विश्वकप उपाधि लिएर घर फर्किन्छौं, त्यो गौरवपूर्ण क्षण हुनेछ।’ 

उनले आफूसँग खेलाडीका लागि स्पष्ट योजना रहेको दाबी गरेका छन्। उक्त योजना सफल भएमा उपाधि जित्ने स्टेडले बताए। उनले विश्वकप उपाधि आफूहरूका लागि अत्यावश्यक रहेको बताए।

‘हामी टेस्ट र एसेज हेरेर हुर्किएका पुस्ता हौं। त्यसमाथि टी-२० क्रिकेटमा पनि परिवर्तन भएको छ,’ उनले भने, ‘हाम्रो यहाँसम्मको यात्रा टिमका खेलाडी र प्रशिक्षण अफिसियलबाहेक कसैले पनि विश्वास गरेका थिएनन। त्यसैले निश्चित रूपमा हाम्रा लागि यो विशेष हुनेछ।’

‘इतिहासको सफलतासँगै जोड्न सक्यौं भने हामी खुसी हुनेछौं’ 

उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण र ब्याटिङ अस्ट्रेलियाको हतियार मानिन्छ। उसका प्रमुख ब्याटिङ ओपनर डेविड वार्नर लयमा फर्किएका छन्। जुन टोलीको सकारात्मक पक्ष हो।

अपराजित पाकिस्तानलाई सेमिफाइनलमा हराउन वार्नरले आक्रामक ४९ रन जोडेका थिए। त्यसअघि समूह चरणमा वेस्टइन्डिजविरुद्ध अविजित ८९ रन बनाएका थिए। उनले प्रतियोगितामा अहिलेसम्म २ सय ३६ रन प्रहार गरेका छन्। 

उनले आक्रामक सुरुआत दिलाउँदा मध्यक्रम र तल्लोक्रमका ब्याट्स्म्यानलाई खेल्न सहज हुनेछ। यता, कप्तान आरोन फिन्चले भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका छैनन्। मिचेल मार्श राम्रो लयमा छन्। पाकिस्तानलाई हराउन उनले राम्रो सुरुआत दिएका थिए।

ग्लेन म्याक्सवेलको प्रदर्शन कमजोर छ। आक्रामक ब्याटिङ गर्ने म्याक्सवेलले आफ्नो शैलीको खेल खेल्न सकिरहेका छैनन्। पाकिस्तानविरुद्ध सुपर हिरो बनेका मार्कस स्टोइनिस र म्याथ्यु वेडको ब्याटिङले अस्ट्रेलियाको मनोबल उच्च छ। 

तीव्र गतिका बलर प्याट कमिन्सबाट पनि तल्लोक्रममा ब्याटिङको आशा गर्न सकिन्छ। कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्क तीव्र गतिको बलिङमा प्रख्यात छन्। स्पिनर एडम जम्पा न्यूजिल्यान्डका ब्याटरलाई घातक बन्न सक्छन्। यस विश्वकपमा जम्पाको प्रदर्शन उत्कृष्ट छ। अस्ट्रेलियाली टिममा कुनै परिवर्तनको सम्भावना देखिँदैन।

अस्ट्रेलियाली प्रशिक्षक जस्टिन ल्याङ्‍गरले न्यूजिल्यान्डको क्रिकेट ब्रान्डको प्रशंसा गर्दै आफ्नो टोलीले टी-२० मा पहिलो उपाधिका लागि सर्वश्रेष्ठ प्रदर्शन गर्नुपर्ने बताएका छन्।  

‘पछिल्ला केही वर्षमा न्यूजिल्यान्ड क्रिकेटले जसरी आफूलाई ब्रान्डका रूपमा स्थापित गरेको छ, त्यो वास्तवमै सानदार छ,’ उनले भने, ‘तर, हामीसँग वास्तवमै एउटा समृद्ध इतिहास छ। र, यो सफलतालाई पनि इतिहासको सफलतासँगै जोडेर राख्न पायौं भने हामी खुसी हुनेछौं।’ 

दीप सुवेदी (एजेन्सीहरुको सहयोगमा)

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम
सम्बन्धित सामग्री
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
भुर्तेलको ८४ रनको अविजित पारीमा यूएईविरुद्ध नेपाल ८ विकेटले विजयी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो । त्... मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युए... मंगलबार, वैशाख ८, २०८३
ताजा समाचारसबै
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्