काठमाडौं- न्यूजिल्याण्डका अलराउन्डर डर्याल मिचेललाई भारतविरुद्धको टेष्ट सिरिजका लागि टोलीमा समावेश गरिएको छ। उनले घाइते डेभन कन्वेको स्थान लिनेछन्।
टी२० विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसँगको खेलमा हातमा चोट लागेपछि कन्वेले अष्ट्रेलियाविरुद्धको फाइनल खेल गुमाउने छन्। उनको स्थान विकेटकिपर टिम सिफर्टले लिनेछन्। २०१९ मा टेस्ट डेब्यू गरेदेखि मिचेलले ५ टेस्ट खेलेका छन्।
न्यूजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले भने, 'कन्वे टोलीमा नहुनु दुखद् हो। तर, यसले अरू कसैको लागि बाटो खोल्छ। मिचेलले जुनसुकै अंकमा ब्याटिङ गर्न सक्छन् र सेमिफाइनलमा जित हात पारेपछि उनी विश्वस्त छन्।'
मिचेलले टेस्ट क्रिकेटमा आफूलाई प्रमाणित गरेका छन्। साथै, उनी टेस्ट पुनरागमनको लागि पर्खिरहेका छन्।
कन्वेले यस वर्ष जुनमा लर्ड्समा इङ्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै दोहोरो शतक बनाएका थिए। त्यसपछि विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध ८० रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।