काठमाडौं- विराट कोहलीले सबै फर्म्याटमा कप्तानको भूमिका छाड्नुपर्ने पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीले बताएका छन्।
एक पाकिस्तानी टिभी च्यानलसँग कुराकानी गर्दै अफ्रिदीले कोहलीमा देशका लागि अझै राम्रो गर्न सक्ने खुबी रहेको बताउँदै सबै फर्म्याटमा कप्तानको भूमिका छाड्नुपर्ने बताएका हुन्।
'कोहली राम्रो ब्याट्सम्यान हुन्। उनी भारतका राम्रो ताकत हुन्, तर देशका लागि अझै राम्रो गर्न सक्छन्। उनले सबै फर्म्याटमा कप्तानको भूमिका छाड्नुपर्छ। सबै फर्म्याटमा कप्तानी छाडेर कोहलीले ब्याटिङमा ध्यान दिनुपर्छ,' उनले भने।
रोहित शर्मालाई टी२० कप्तान नियुक्त गर्ने बीसीसीआईको फैसला निकै राम्रो रहेको समेत अफ्रिदीले बताए।
'रोहितमा निकै राम्रो आत्मविश्वास छ। उनी आवश्यकता परेका बेला रिल्याक्स हुन सक्छन् र अति जरुरी परेका बेला आक्रामकता पनि देखाउन सक्छन्। कप्तानमा हुनुपर्ने मानसिक गुण रोहितमा छ,' उनले भने।
इन्डियन प्रिमियर लिग (आईपीएल)को सुरुवाती सिजन अफ्रिदीले डेक्कन चार्जर्समा रोहितसँगै खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।