काठमाडौं- आईसीसी टी२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले अष्ट्रेलियालाई १ सय ७७ रनको लक्ष्य दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनाएको हो।
पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ६७ रनको योगदान दिए। रिजवानको यो टी२० करिअरको ११ औं अर्धशतक हो। योसँगै रिजवान एकै वर्षमा टी२० आई खेलमा १ हजार रन बनाउने विश्वकै पहिलो खेलाडी बनेका छन्।
फखार जमान ५५ रनमा अविजित रहे। पाकिस्तानका ओपनर बाबर आजम ३९ रनमा क्याच आउट भए। आसिफ अलि शून्य र शोएब मलिक १ रनमा आउट भए।
अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले ४ ओभर ३८ रन खर्चेर २ विकेट लिए। प्याट कमिन्स र स्पिनर एडम जाम्पाले समान १ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।