• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चीन भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टराईका १० सुझाव

64x64
नेपाल लाइभ आइतबार, असार ३, २०७५  १२:३८
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली असार ५ देखि चीन भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा के-कस्ता विषयलाई महत्व दिनुपर्छ भन्नेबारे नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले १० बुँदे सुझाव दिएका छन्।

श्री सम्माननीय प्रधानमन्त्री ज्यु,
नेपाल सरकार, काठमाडौं

चीनका महामहिम प्रधानमन्त्री श्री ली खछियाङको मैत्रीपूर्ण निमन्त्रणमा यहि २०७५ आषाढ ५ गतेदेखि गणतन्त्र चीनको औपचारिक भ्रमण गर्न लाग्नु भएकोमा नयाँ शक्ति पार्टी, नेपालको र मेरो स्वयंको तर्फबाट तपाईको भ्रमण पूर्ण सफल र फलदायी होस् भनी शुभेच्छा प्रकट गर्दछु।

नेपालमा नयाँ संविधान लागू भई तीनै तहको चुनावपश्चात् तपाईको नेतृत्वमा दुईतिहाई सर्मथनको सरकार गठन भएको अवस्था, चीनका राष्ट्रपति महामहिम सि जिङपिङ्गको दोस्रो कार्यकालको लागि अपार सफलतासहित नेतृत्व सम्हाली रहेको अवस्था र भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदी तथा चीनका राष्ट्रपति श्री सिबीच हालै चीनको युवानमा सम्पन्न अनौपचारिक वार्ताबाट हुनसक्ने अदृश्य सहमति आदि परिवेशलाई विचार गर्दा तपाईको यसपटकको चीन भ्रमण धेरै अवसरपूर्ण छ र साथै केही चुनौती पनि छन् । चीनका उच्च नेताहरुसँगको भेटको यो अवसर, सार्वभौमसत्ता सम्पन्न दुई मुलुकहरुबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै नेपालको राष्ट्रिय हितको पक्षमा अझ परिणाममुखी बनाउन निम्न बुँदाहरुमा बिशेष ध्यान दिनुहुन अनुरोध गर्दछु–

१) पुरानो औपनिवेशिक युगमा नेपाललाई दुई ठूला छिमेकी चीन र भारतबीच दुई ढुंगाबीचको तरुलको रुपमा परिकल्पना गरिए पनि आजको भुमण्डलीकरणको युगमा हामीले हाम्रो देश नेपाललाई दुई ठूला अर्थतन्त्रबीच गतिशील पुलको रुपमा ग्रहण गर्नु पर्दछ। सोहीअनुसार हामीले दुवै छिमेकीसँग आधुनिक भौतिक पूर्वाधारले जोड्ने र दुवैै ठूला अर्थतन्त्रको मुल्य श्रृंखलासँग जोडिने गरी आफ्नो अर्थतन्त्रको विकास गर्ने कुरालाई प्राथमिकता दिनुपर्दछ।

२) दक्षिणी छिमेकी मुलुकले झैं उत्तरी छिमेकी चीनले पनि सुरक्षाप्रति गहन चासो राख्दछ । तसर्थ, नेपालको एक चीन नीति र नेपालको भू–भागबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता त अवश्य दिनु हुनेनै छ । यद्यपि नेपालमा हुने फ्री तिब्बत गतिबिधिबारे चीन सँधै सशंकित हुने गर्दछ । भारतले पनि चीनसँगको सम्बन्ध सुदृढ पार्न भारतमा भएका शरणार्थीहरुलाई प्रश्रय नदिने नीति अपनाई आएको हालैको परिप्रेक्ष्यमा चीनियाँ पक्षबाट यसबारे कुरा उठाए नेपालले पनि तिब्बती शरणर्थीहरुलाई नयाँ ढंगले व्यवस्थापन गर्नेबारे सोच्नु उपयुक्त हुनेछ ।

३) चीनसँगको १४३९ किमी सीमामा जम्मा ४३ नाकाहरु दुवैको जनतालाई आवागमन/व्यापार गर्न दिने सहमति भए पनि केवल ७ नाका सञ्चालन संभाव्यता अध्ययन भए पनि हाल तातोपानी नाकाबाहेक एक मात्र रसुवागढी नाका व्यापारको लागि सञ्चालित छ । माउन्ट कैलाश जाने गोरखाको झालाङ्ग/राइलालगायत ओलाङ्गचुङ्ग गोला, किमथांका, लामाबगर, लार्के, मनाङ्ग, मुगु, हिल्सालगायतका नाकाहरु पूर्वसहमतिअनुसार २० किमीसम्म स्थानीयहरु एकअर्काको क्षेत्रसम्म जान पाउने गरी खोल्न चीनियाँ पक्षसँग आवश्यक पहल गर्नु उपयुक्त देख्दछु ।

४) यसपटको तपाईको भ्रमणमा ट्राञ्जिट सम्झौताले महत्वपूर्ण विषय ओगट्ने नै छ । तेस्रो मुलुक व्यापारको लागि वैकल्पिक विकास एक भूपरिबेष्ठित मुलुकको नाताले निकै महत्व राख्दछ, जसको प्रोटोकलमा हस्ताक्षर हुनु आफैंमा उपलब्धिमुलक हो । व्यापार र पारवहन छुट्टाछुट्टै सम्झौता गरिनु उपयुक्त हुनेछ । नेपालबाट सामान चीन निकासी गर्न चीनको पाराटेरीफ, क्वारेन्टाइन निकै जटील भएकोले त्यति सहज छैन । यस्ता अवरोध हटाई नेपालबाट निकासी हुने वस्तु सहुलियतमा चीनको बजार पुग्न विशेष व्यापार नीति हुनु अवश्यक छ ।

Ncell 2
Ncell 2
nimb
nimb

५) नेपाल–चीनबीच केही बोर्डर समस्या समाधान गर्न बाँकी नै छ । म प्रधानमन्त्री हुँदा सन् २०१२ मा चीन–नेपाल संयुक्त सीमा बैठक हाम्रो पक्षको पर्याप्त गृहकार्य नभएको कारण केही समयको लागि स्थगन गरिएको थियो । बोर्डरको समस्या समाधान गर्न उक्त बैठक निरन्तर गर्न तपाईंको गत सन् २०१६ मा भएको चीन भ्रमणमा कुरा उठी १५ बुँदे संयुक्त वक्तव्यमा उल्लेख भएको रहेछ । अन्य समस्या खास जटिल नभए पनि दोलखाको उत्तर लामाबगर ल्याप्चीनजिक मार्कर ५७ मा विवाद पर्छ, सोलाई नेपाल र चीनबीच सन् १९६१–६२ मा सम्पन्न सीमा निर्धारण सन्धीको भावना र नजिरको आधारमा रही (सट्टापट्टाको आधारमा) समाधान गर्न सकिने छ ।

(सगरमाथाको उचाई सम्बन्धमा चाहिँ चिनीयाँपक्षको ३.५३ मिटर कम भएको भन्ने विवाद पर्याप्त गृहकार्य नगरी विषय प्रवेश नगर्नु बेस हुनेछ)

६) चीनको Belt and Road Initiative (BRI) मा नेपाल सहभागी हुने प्रोटोकलमा हस्ताक्षर भैसकेपछि कुनै योजनाको प्रस्ताव नआउनु चीनपक्षको गुनासो छ । यातायात सञ्जाल Connectivity नै उच्च प्राथमिकतामा रहेको यस महत्वकांक्षी चीनको प्रस्तावमा नेपालको विभिन्न पूर्वधार विकास/सडक र रेल यातयात/विद्युत सञ्जाल/प्रशारण लाइन/एयरपोर्टका छुट्टाछुट्टै प्रस्ताव गर्नु वेश हुनेछ । यसको लागि बिना वा न्यून ब्याजदरमा चीन, नेपाल, भारत सबै संस्थापक रहेको एसियाली पूर्वाधार विकास बैंक (AIIB) को सहुिलयत ऋणको लागि पनि पहल गर्न सकिने छ ।

७) जहाँसम्म चीनबाट तिब्बत पठारको केरुङ्ग–काठमाण्डौं र लुिम्बनीसम्म रेल्वे ल्याउने विषय छ, अवश्य नै यो निकै तरंगित हुने विषय भएपनि केरुङ्गदेखि काठमाण्डौं रेल ल्याउन भौगोलिक विषमताको कारण उच्च प्राविधिक आवश्यकता पर्ने त छँदैछ, यसको लागत रु ४ खर्बको हुन सक्छ । अनुदानवाहेक BRI अन्तर्गत ऋणमा रेल्वे लाइन बनाउन त्यति सजिलो छैन । यसको लागि लगानीको मोडालिटी, भावी प्रतिफल, दिगोपन तथा ऋण भुक्तानी क्षमताको गहन अध्ययन र छिमेकी राष्ट्रहरुको अनुभव पनि उपयोगी हुनेछन् ।

Xtrem

Xtrem

८) नेपाल र चीनबीच सन् १९६० मा सम्पन्न शान्ति तथा मैत्री सन्धी पुनरावलोकन गर्न चीनको प्रस्ताव प्राप्त भएको भनिएको छ । भारतसँग पनि त्यस्तै सन्धी पुनरावलोकनको EPG बाट अध्ययन भइरहेको अवस्थामा चीनसँग अझ दूरगामी आपसी हितलक्षित दुई देशबीच शान्ति तथा मैत्री सन्धी अविलम्ब संशोधन गरी उदाहरण प्रस्तुत गर्नु उपयुक्त हुनेछ ।

९) नेपालको समेत दावी रहेको लिपुलेक त्रिदेशीय विन्दूमा हाम्रो हक र चासोको विषय तपाईको भारत भ्रमणको अवसरमा पनि मैले उठाउन आग्रह गरेको थिएँ । अहिले चीन भ्रमणको अवसरमा पनि यसलाई उठाउनु अत्यावश्यक भएको पुनः स्मरणार्थ ध्यानाकर्षण गरेको छु । उक्त विन्दू भारत र चीन दुवै मिली २०१५ मा संयुक्त सहमति गरी व्यापार र धर्माबलम्बी जान आउन नेपाललाई जानकारी नदिई खोलिएको थियो । जबकी त्रिदेशीय विन्दूमा तिनै देशबीचको सहमतिमा मात्र कार्य गर्ने भारत र चिनबीच २०१४ ताका सहमत भएको भनी भारतीय विदेश मन्त्रीले त्यहाँको लोकसभामा जानकारी (दोक्लम प्रकरणको बेला) दिनुभएको थियो जुन लिपुलेक सन्दर्भमा त्यत्तिकै सान्दर्भिक छ ।

१०) तपाईको सन् २०१६ को मार्चमा भएको चीन भ्रमणको अवसरमा सम्पन्न १० बुँदे सम्झौता सहमति तथा १५ बुँदे संयुक्त वक्तव्यमा करीब २ दुई दर्जन साना/ठूला आयोजनाहरु चीनको सहयोगमा सम्पन्न गर्ने उल्लेख छ । यसपटक सहमतिअनुसारको आयोजनाहरु समयावधि निर्धारण गरी कार्यान्वयन गर्न जोड दिनु उपयुक्त हुने देखेको अनुरोध गर्दछु । धन्यवाद !

-डा .बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री तथा संयोजक– नयाँ शक्ति पार्टी, नेपाल

प्रकाशित मिति: आइतबार, असार ३, २०७५  १२:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले फरक तथ्यांक दिएको कांग्रेसको टिप्पणी प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा गर्ने सम्बोधनले समग्र देशको प्रतिनिधित्व गर्ने भन्दै चालिसेले नेपालले उठाउनुपर्ने विषयमा कांग... शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उक्त व्यवस्था लागू भएमा ५५ वर्ष नपुगी अ... शुक्रबार, असोज ९, २०८३
काग्रेस महाधिवेशन विराटनगरमा दुई पक्षबीच कुटाकुट भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद  शुरु भएको थियो । मोरङ प्रहरीले भने  दुई पक्षबीच सामान्य  विवाद... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्