काठमाडौं- आईसीसी टी२० विश्वकपको पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको छ।
शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको हो।
इंग्ल्यान्डका लागि मोईन अली सर्वाधिक ५१ रनमा अविजित रहे। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे।
यता, डेविड मलानले ४१ रन बनाए भने जस बटलरले २९ बनाए। लियाम लिभिङस्टोन १७ र ओपनर जोनी बेयरस्टो १३ रनमा क्याच आउट भए।
ओईन मोर्गन ४ रनमा अविजित रहे।
न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।