काठमाडौं– भारतीय घरेलु टी २० क्रिकेट प्रतियोगिता सैय्यद मुश्ताक अली ट्रफीमा बलर अक्षय कर्नवारले विश्व कीर्तिमान बनाएका छन्।विदर्भ क्रिकेट टीमका बलर कर्नवारले चार ओभरमा चारै ओभर मेडन राख्दै दुई विकेट लिएर विश्व कीर्तिमान बनाएका हुन्।
मणिपुरविरुद्धको खेलमा उनले चार ओभरमा कुनै रन नदिइ दुई विकेट लिएका हुन्। विश्व क्रिकेटमा यसअघि यस्तो बलिङ कसैले गरेको थिएन।
२९ वर्षे दुबै हाते स्पिनर कर्नवारको घातक बलिङमा २२३ रनको लक्ष्य पछ्याएको मणिपुर १६.३ ओभरमा ५५ रनमै समेटियो। टस जितेर पहिले ब्याटिङ गर्दै विदर्भ क्रिकेट टीमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रन बनाएको थियो।
योसँगै २०१५ देखि नियमित घरेलु प्रतियोगिता खेलिरहेका कर्नवरले अर्को वर्ष हुने ईन्डियन प्रिमियर लिग (आईपीएल)को मेघा अक्सनका लागि ढोका खुलाएका छन्। यसपल्ट आईपीएलमा अहमदाबाद र लखनउ गरी थप दुई टोली जोडिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।