काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल आज (बुधबार) हुँदै छ। अबुधाबीमा नेपाली समय अनुसार राति पौने ८ बजे हुने पहिलो सेमिफाइनलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै छन्।
इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल प्रवेशगरेका हुन्। इङ्ल्याण्ड न्युजिल्याण्ड दुवैले जारी प्रतियोगितामा ५ खेल खेलेको ४मा जित र १ मा हार ब्यहोरेका छन्।
जारी विश्वकपमा उत्कृष्ट खेल प्रर्दशन गरेको इङ्ल्यान्ड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो। इङ्ल्यान्ड सुपरि १२को अन्तिम खेलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो।
न्युजिल्याण्डले भने समूह चरणमा पाकिस्तानसँग पराजित बनेको थियो।इङ्ल्याण्डले यसअघि पनि टी–ट्वान्टी विश्वकप जितिसकेको छ।
टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा बिहिबार पाकिस्तान र अष्ट्रेलिया भिड्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।