काठमाडौं– नेपाल प्रहरीको प्राविधिक सेवातर्फ रिक्त रहेका उच्च पदहरुमा बढुवा सिफारिस भएको छ। आवास तथा भौतीक इन्जिनियरीङ र सूचना प्रविधि तथा कम्यूटर उपसेवाका डिआईजी र एसएसपी पदमा बढुवा सिफारिस भएको हो।
सूचना प्रविधि तथा कम्यूटर उपसेवातर्फ एसएसपी सुनिल कुमार श्रेष्ठको डिआईजी बढुवामा सिफारिस भएको छ। त्यस्तै सोही सेवामा अरुण कुमार भण्डारी एसएसपी बढुवामा सिफारिस भएका छन्।
आवास तथा भौतीक इन्जिनियरीङतर्फ लोकेश चन्द्र सिंह डिआईजीमा तथा फणिन्द्र बरालको एसएसपीमा बढुवा सिफारिस भएको छ।
शनिबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो।
माथिल्लो तहमा बढुवा अघि बढेपनि दुवै उपसेवाका तल्ला पदमा भने लामो सयमदेखि बढुवाको जाम छ। भर्ना भएको २० वर्ष पूरा हुँदा समेत सइहरुको बढुवा हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।