काठमाडौं– मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। सिंहदरबारमा बसेको बैठकले मुख्य पाँच निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
यस्ता छन् बैठकका निर्णयहरुः
- नेपालको परराष्ट्र मन्त्रालय र चीनको परराष्ट्र मन्त्रालयका बीच नेपालमा चिनियाँ सहयोगका कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्नका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने लेखा परीक्षण विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।
- सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने।
- नेपाल खानेपानी संस्थानका दस जना बोर्ड सदस्यहरुको संख्या घटाएर १९ बाट ९ बनाउने।
- उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत गर्ने।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको संगठन संरचना स्वीकृत गर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।