काठमाडौं– सरकारले नेपाल खानेपानी संस्थानका १० बोर्ड सदस्यको पद कटौती गरेको छ। यसअघि १९ जना बोर्ड सदस्य हुनेमा अब ९ मा हुनेछन्।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड सदस्य घटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
बोर्डमा १९ जनाको बोर्ड सदस्य आबश्यक नभएको भन्दै सदस्य संख्या कटौती गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।