काठमाडौं- उपाधिको दाबेदार इंग्ल्यान्डका ओपनर जेसन रोयले जारी आईसीसी टी२० विश्वकप २०२१ को बाँकी खेल गुमाउने भएका छन्।
उनी सुपर १२ को समूह १ मा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्नेक्रममा खुट्टाको मांशपेशी समस्याको कारण पेभेलिएन फर्केका थिए।
रोय खेल्न नसक्ने भएपछि उनको स्थानमा इंग्ल्यान्ड क्रिकेट बोर्डले जेम्श भिन्सलाई मौका दिएको छ।
रोय आउट हुँदा इंग्ल्यान्डको ओपनिङ जस बटलर र जोनी बेयरस्टोले गर्नेछन्। बेयरस्टोले मध्यक्रममा ब्याटिङ गर्दै आएका थिए।
चोटका कारण टी२० विश्वकप गुमाउने रोय इंग्ल्यान्डका तेस्रो खेलाडी हुन्। यसअघि तीव्र गतिका बलर टाइमल मिल्सको स्थानमा रोस टोपलीले लिई सकेका छन्। प्रतियोगिता सुरु हुनुअघिनै अलराउन्डर साम करन घाइते भएका थिए।
उनको स्थान उनकैका दाइ टम करनले लिएका छन्। इंग्ल्यान्ड सुपर १२ को समूह १ मा ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंक जोड्दै शीर्षस्थानमा रहेर सेमिफाइनल खेलेको हो। सेमिफाइनलमा बुधबार इंग्ल्यान्डले न्युजिल्यान्डसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।