काठमाडौं- आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोट अघिको दोस्रो ‘वार्मअप’ खेलमा नेपाली महिला टोलीमा पराजित भएको छ।
बंगलादेश भ्रमणमा रहेको नेपाली टोली ५ विकेटले पराजित भएको हो। बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बिकेएसपि) सँगको दोस्रो अभ्यास खेलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाली महिला टोली १८.३ ओभरमा ४५ रनमा अलआउट भएको थियो।
तल्लोक्रममा अप्सरी बेगमले १३ र ओपनर ज्याति पाण्डेले १३ रन बनाइन्। सीता राना ५, इन्दु बर्मा ४, कविता कुँवर र रुबिना क्षेत्री बेलबासे १-१ रनमा आउट भए।
यता, रोमा थापा र कविता जोशी दुवैले खाता खोल्न सकेनन्।
बिकेएसपिकी मरुफाले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिइन्। रबियाले २, दीशा र शनु १-१ विकेट लिए।
जितको लागि बिकेएसपि १२. ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो। बिकेएसपिकी सुमैयाले सर्वाधिक २१ रन बनाइन्।
कविता कुँवरले २ विकेट लिइन्। सबनम राई र संगिता राईले १-१ विकेट लिए। पहिलो खेलमा नेपाली महिला टोलीले बिकेएसपिलाई २४ रनले पराजित गरेको थियो।
नेपाली महिला टोली एक हप्ताको बंगलादेशमा रहनेछ। नेपाली महिला टोलीले एक बुधबार एक अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली महिला टोली कतार भ्रमणमा जानेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।