काठमाडौं- अस्ट्रेलिया क्रिकेट टोलीले २०२२ मार्च अप्रिलमा पाकिस्तान भ्रमण गर्ने भएको छ।
तीन टेस्ट, तीन ओडिआई र एक टी२० आई खेलको लागि अस्ट्रेलियाली टोलीले २४ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेको हो।
आईसीसी विश्व टेस्ट च्याम्पियनसिप र विश्वकप सुपर लिगसँगै एक टी२० आई खेलको लागि अस्ट्रेलिया पाकिस्तान भ्रमण गर्ने भएको हो।
अस्ट्रेलिया अन्तिम पटक सन् १९९८ मा पाकिस्तान भ्रमण गरेको थियो। उक्त भ्रमणका क्रममा पाकिस्तान र अस्ट्रेलियाबीच तीन ओडिआई र तीन टेस्ट सिरिज भएका थिए।
सन् २००९ मा लाहोरमा श्रीलंका टोली चडेको बसमा आतंककारीले बम आक्रमण गरेपछि पाकिस्तानले यूएईलाई आफ्नो घरेलु मैदान बनाउँदै आएको छ।
२०१५ पछि पाकिस्तानमा घरेलु र अन्तर्राष्ट्रिय क्रिकेट फर्किसकेको थियो । दक्षिण अफ्रिका, वेस्टइन्डिज, बंगलादेश, जिम्बावे, आइसिसी विश्व ११ ले भ्रमण गरिसकेका छन्।
पछिल्लो पटक गत असोजमा न्युजिल्यान्डले पाकिस्तान भ्रमण गरेको थियो। तर, अन्तिम समयमा सुरक्षा कारण देखाउँदै खेल स्थगित गरेको थियो। त्यसको एक महिनापछि इंग्ल्यान्डको टोलीले दुई टी२० आई सिरिजको लागि पाकिस्तान भ्रमण गर्ने कार्यक्रम थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।