काठमाडौं- पाकिस्तान टेलिभिजन(पीटीभी) ले पूर्व तिव्र गतिका बलर शोएब अख्तरलाई जरिवाना तिर्न सूचना पठाएको छ। अख्तरले प्रत्यक्षप्रसारणका क्रममा राजीनामा दिँदा पीटीभीलाई ठूलो आर्थिक घाटा भएको सूचनामा उल्लेख छ।
सूचनामा शोएब अख्तरले पीटीभीसँगको सम्झौता उल्लंघन गरेको बताइएको छ।
पीटीभीले पठाएको सूचनामा जरिवाना स्वरुप अख्तरले १० करोड रुपैयाँका साथै तीन महिनाको तलब दिन भनिएको छ।
कानूनी सूचनामा भनिएको छ ,'पाकिस्तान टेलिभिजन र शोएब अख्तरबीच भएको सम्झौताको अनुच्छेद २२ मा दुवैपक्ष सम्झौता समाप्त गर्न सक्ने तर, तीन महिनाको सूचना दिन आवश्यक हुनेछ, नभए तीन महिना बराबरको तलब दिनुपर्नेछ।'
सूचनाका अनुसार, जब शोएब अख्तरले २६ अक्टोबरमा पीटीभीको प्रत्यक्षप्रसारण मार्फत आफ्नो राजीनामा घोषणा गरेका थिए।
अख्तरलाई पठाएको सूचनामा भनिएको छ, अख्तर टी २० वर्ल्डकपका क्रममा पीटीभीलाई जानकारी नदिइ दुबई गएका थिए र त्यहाँ भारतीय क्रिकेटर हरभजन सिंहसँग एक टेलिभिजन कार्यक्रममा देखिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।