• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २७, २०८२ Fri, Apr 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

यसकारण न्यूजिल्यान्डविरुद्ध अफगानिस्तानको जितको प्रार्थना गरिरहेका छन् भारतीय

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २१, २०७८  १४:३७
1140x725

भारत- भारतका करोडौं देशवासी पाँच दिन प्रकाशको पर्व अर्थात् 'दिवाली' धुमधामसँग मनाएपछि 'सुपर सण्डे'मा खेलिने न्यूजिल्यान्डविरुद्धको खेलमा अफगानिस्तानको जितको प्रार्थना गरिरहेका छन्। टी-२० विश्वकपको समूह-२ अन्तर्गत  अफगानिस्तान र न्यूजिल्यान्ड प्रतिश्पर्धा गर्दैछन्। वास्तवमा न्यूजिल्याण्डको हारमा नै 'टिम इण्डिया'को आशा टिकेको छ। 

यदि यस खेलमा अफगानिस्तान पराजित भए भारतका लागि सोमबार नामिबियासँग खेलिने खेलको कुनै अर्थ रहँदैन। आईसीसी च्याम्पियनसिपको इतिहासलाई हेर्ने हो भने न्यूजिल्याण्डको प्रदर्शन शानदार छ। उसले धेरै जसो प्रतियोगिताको सेमिफाइनल खेलेको छ। त्यसो त, न्यूजिल्याण्डको टिम निकै सन्तुलित पनि देखिएको छ। 

न्यूजिल्याण्डको ब्याटिङ अफगानिस्तानको तुलनामा निकै राम्रो छ। अनुभवी भएका कारण उनीहरु मुश्किल अवस्थामा कसरी खेल्ने भन्नेमा जानकार छन्। नामिबियाविरुद्ध जब बाउन्ड्री लगाउन गाह्रो भइरहेको थियो, उनीहरुले एक/एक रन जोडेर जित हात पारेका थिए। 

स्पिनको सहारामा अफगानिस्तान

अफगानिस्तानको टिम न्यूजिल्याण्डभन्दा कुनै क्षेत्रमा राम्रो छ भने त्यो स्पिन नै हो। राशिद खान र मुजिब उर रहमान जस्ता बलरसँग खेल्न कुनै पनि ब्याट्सम्यानका लागि सहज छैन।

न्यूजिल्याण्डको टिमका कप्तान केन विलियम्सनलाई छोड्ने हो भने धेरैजसो ब्याट्सम्यान 'क्वालिटी स्पिन'विरुद्ध खेल्न सक्षम छैनन्। यसकारण अफगानिस्तानको यो स्पिन जोडीले खेल तलमाथि गर्नमा भूमिका खेल्न सक्छ। 

यो खेलको अर्को महत्वपूर्ण पक्ष भनेको प्रतियोगिता आबुधाबीमा दिउँसोको समयमा खेल्नु पर्ने छ। त्यसैले यसमा टसको भूमिका महत्वपूर्ण हुने छैन। यसकारण पछि बलिङ गर्ने टिमका लागि पनि जित्ने अवसर हुनेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तो स्थितिमा राशिद खान र मुजिब पूरीले सम्हालिएर बलिङ गर्दा खेलमा प्रभाव पार्न सक्छन्। अब न्यूजिल्याण्डका कप्तान विलियम्सनले यदि टस जिते भने उनले के फैसला गर्छन् भन्ने हेर्नु पर्ने हुन्छ।

अफगानिस्तानलाई जितका लागि न्यूजिल्याण्डको पेस अट्याक टिम साउदी र ट्रेन्ट बोल्टको राम्रो ढंगमा सामना गर्नुपर्नेछ। उनीहरुले यसप्रकारले भिड्न लायक स्कोर बनाउन सक्छन्। यदि उनीहरुले १५० को स्कोर पार गरे भने जितका लागि स्पिन जोडीको तर्फबाट केही गर्ने अपेक्षा गर्न सकिन्छ।

तर, यदी न्यूजिल्याण्डको यसअघिका खेल हेर्ने हो भने, उसले पाकिस्तानविरुद्ध मात्र कमजोर प्रदर्शन गरेको छ। बाँकी खेलमा सफल भएको छ। 

पछिल्लो दुई खेलमा भारतको सुधार 

पछिल्लो दुई खेलमा भारतको प्रदर्शनमा सुधार आएको छ। टिम इण्डियाले पछिल्लो दुई खेलमा स्कटल्याण्ड र अफगानिस्तानविरुद्ध शानदार खेल्दै गर्दै न्यूजिल्याण्ड ‍र अफगानिस्तानको तुलनामा आफ्नो नेट रन रेट राम्रो बनाएको छ। 

यसकारण अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गरे भारतलाई आफ्नो अन्तिम खेलमा नामिबियामाथि जित मात्र आवश्यक हुन्छ। उक्त खेल ठूलो अन्तरले जित्ने दबाब भारतलाई छैन। अफगानिस्तानको टिमलाई यो थाहा छ कि न्यूजिल्याण्डविरुद्ध उत्रिँदा आफ्ना क्रिकेट समर्थकको मात्र होइन सारा भारतको समर्थन हुनेछ। यो समर्थनले खेलाडीलाई राम्रो प्रदर्शन गर्नका लागि मनोबल बढाउन सक्छ। तर, खेल मैदानमा खेलाडीले गर्ने राम्रो प्रदर्शनले मात्र जित्न सकिन्छ। 

तर, त्यसअघि अफगानिस्तानले न्यूजिल्याण्डलाई पराजित गर्नका लागि बलिङ मात्र होइन ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शनको तयारी गर्न आवश्यक छ। 

पावरप्लेमा दबाब बनाउन आवश्यक

न्यूजिल्याण्डका लागि अहिलेसम्म ओपनर मार्टिन गुप्टिल र डेरिल मिशेलले राम्रो सुरुआत गरेका छन्। यस बाहेक कप्तान विलियम्सन पनि भरपर्दा ब्याट्सम्यान हुन्।  

अफगानिस्तानले यदि यस खेलमा जित्न चाहेको छ भने उसले पावरप्लेमा एक दुई विकेट निकालेर दबाब बनाउन आवश्यक छ। यो काम उसले पेस बलिङको सट्टा स्पिन बलिङबाट गर्न सक्छ। एक पटक पावरप्लेमा विकेट झारेको खण्डमा टिममाथि दबाब बन्नु स्वाभाविक हो।

अफगानिस्तानले यदी आफ्नो पूर्ण क्षमता प्रदर्शन गर्न सकेको खण्डमा न्यूजिल्याण्ड पराजित हुन्छ। अफगानिस्तानले यस ग्रुपको नम्बर एक टिम पाकिस्तानविरुद्ध जस्तो प्रदर्शन गरेको थियो त्यसलाई दोहोर्‍याउन आवश्यक छ। 

पाकिस्तानविरुद्ध उनीहरुले खेल जित्ने अवस्था बनाएका थिए। तर, अन्तिम दुई ओभरमा आसिफले केही छक्का प्रहार गरेर खेलको नक्शा फेरिदिएका थिए। यसको अर्थ उनीहरुले आफ्नो 'डेथ ओभर्स' को बलिङलाई कसिलो बनाउनु पर्नेछ। 

पहिलो दुई झट्काले समस्या

टिम इण्डिया पाकिस्तान र न्यूजिल्याण्डविरुद्ध पहिलो दुई खेलमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको परिणाम भोगिरहेको छ। वास्तवमा यस समूहका यी तीन टीमलाई नै सेमिफाइनलमा पुग्ने दाबेदार मानिएको थियो। 

यी दुई टिममध्ये एकविरुद्ध जितको आवश्यकता थियो। तर, भारतीय बलर र ब्याट्सम्यान दुवैले कमजोर प्रदर्शन गरेका कारण आज आफ्नो बाटो बनाउनका लागि अर्को टिमतर्फ भर पर्नुपर्ने अवस्था बनेको छ। 

भारतीय क्याम्पमा मिश्रित माहोल

भारतीय क्रिकेटरलाई थाहा छ कि स्थिति आफूहरुको हातमा छैन। उनीहरुलाई थाहा छ कि मैदानमा कमाल गर्न उत्रिनुअघि अफगानिस्तानको जित जरुरी छ। 

यदि अफगानिस्तानले नजिते भारतीय टिमका खेलाडी नामिबियासँग अन्तिम खेल खेल्ने औपचारिकता निभाएर स्वदेश फर्कनका लागि तयार छन्। तर, भारतले सेमिफाइनल यात्रा तय गरे कप्तान विराट कोहलीको आईसीसी ट्रफी जीत्ने सपना पनि पूरा हुन सक्छ।

-बीबीसी हिन्दीमा प्रकाशित मनोज चतुर्वेदीको सामग्रीको भावानुवाद

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १४:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
हर्क साम्पाङको सुझाव : ‘संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला’
सम्बन्धित सामग्री
क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका नेपाल नेपाल क्रिकेट संघ (क्यान)ले एक बिहीबार विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हाे । बिहीबार, चैत २६, २०८२
लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने मध्यपूर्वमा उत्पन्न संकटका कारण गत मार्च १० देखि हुने शृङ्खला स्थगन गरिएको थियो । मंगलबार, चैत २४, २०८२
एक दिवसीय र टी–२० सिरिज खेल्न आयरल्यान्डले नेपाल भ्रमण गर्ने सार्वजनिक तालिका अनुसार आयरल्यान्डले अगस्ट २०२६ मा आफ्नो घरेलु मैदानमा अफगानिस्तानसँग पाँच एकदिवसीय खेल खेलेपछि नेपालको भ्रमण गर्नेछ... शनिबार, चैत ७, २०८२
ताजा समाचारसबै
रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित शुक्रबार, चैत २७, २०८२
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट शुक्रबार, चैत २७, २०८२
हर्क साम्पाङको सुझाव : ‘संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला’ शुक्रबार, चैत २७, २०८२
जर्मनीस्थित नेपाली राजदूत डा. रुपाखेतीले दिए पदबाट राजीनामा शुक्रबार, चैत २७, २०८२
संसद्लाई आरोप-प्रत्यारोपको मञ्च नबनाउन सांसद सिंहको आग्रह शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
रास्वपाले राप्रपालाई गरेको थियो सरस्वती लामालाई उपसभामुख बनाउने प्रस्ताव बिहीबार, चैत २६, २०८२
राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त बिहीबार, चैत २६, २०८२
पूर्वकेन्द्रित बदली : चार जिल्लामा भारी वर्षा बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्