काठमाडौं– दक्षिण अफ्रिका जारी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ।
समूह चरणको अन्तिम खेलमा शनिबार इंग्ल्याण्डविरुद्ध १० रनको जित निकाले पनि अफ्रिकी टिम विश्वकपको सेमिफाइनलमा पुग्न सकेन। समान अंक भए पनि नेट रनरेटका आधारमा अफ्रिका बाहिरिएको हो।
शनिबार राति समूह चरणको खेल सकिएसँगै समूह १ को सेमिफाइन पुग्ने टोलीको टुंगो लागेको हो। उक्त समूहबाट इंग्ल्याण्ड र अष्ट्रेलिया क्रमश समूह विजेता र उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे।
इंग्ल्याण्ड, अष्ट्रेलिया र साउथ अफ्रिकाले समान ८ अंक जोडे पनि नेट रनरेटमा इंग्ल्याण्ड र अष्ट्रेलिया अघि रहे।
दक्षिण अफ्रिकाविरुद्ध १ सय ९० रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ८ विकेट गुमाउँदै १ सय ७९ रनम समेटियो।
इंग्ल्याण्डका मोइन अलीले सर्वाधिक ३७ रन बनाए। डेविड मलानाले ३३, लियाम लिभिङ स्टोनले २८, जोस बटलरले २६ र अर्का ओपनर जासन रोयले २० रन जोडे। कप्तान इयान मोर्गानले १७ रन बनाए।
दक्षिण अफ्रिकाका कागिसो राबडाले ३, विकेट लिए। तबरेज शम्सीले र ड्वेन प्रिटोरियसले समान २/२ विकेट लिँदा एनरिक नार्टजको नाममा १ विकेट रह्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो।
अफ्रिकी टिमका रस्सी भान डेर डुसनले नटआउट ९४ तथा एडेन माक्र्रामले नटआउट ५२ रनको पारी खेले भने क्विनटन डी ककले ३४ रन बनाए।
इंग्ल्याण्डका आदिल रासिद र मोइन अलीले एक/एक विकेट हात पारेका थिए। हारपछि पनि इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरण प्रवेश गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।