काठमाडौं- आईसीसी वुमन्स टी२० विश्वकप एसिया छनोट अघिको ‘वार्मअप’ खेलमा नेपाली महिला टोलीले बंगलादेशलाई पराजित गरेको छ।
नेपाली टोलीले बंगलादेश शिक्षा शिक्षा प्रतिष्ठान(बिकेएसपी)लाई २४ रनले पराजित गरेको हो।
ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै कुल ७२ रन बनाएका थियो।
नेपालको लागि कविता जोशीले सर्वाधिक २३ रनको योगदान दिइन्। ओपनर काजल श्रेष्ठ १२ र सीता राना मगर ७ रनमा आउट भएका थिए।
कप्तान रुविना क्षेत्री बेलबासे १६ रनमा अविजित रहिन्। इन्दु बर्मा ३, सरिता मगर २ र कविता कुँवरले १ रन बनाए। बंगलादेशकी दीक्षाले सर्वाधिक ३ विकेट लिइन्।
जितका लागि ७३ रनको विजयी लक्ष्य पछ्याएको बिकेएसपी १७.१ ओभरमा ४८ रनमा अलआउट भयो। उनको ओपनर लिसाले सर्वाधिक २५ रन बनाइन्।
अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपाली स्पिनर संगिता राईले सर्वाधिक ४ विकेट लिइन्। सरस्वती चौधरी, रुविना र सीता र कविता कुँवरले एक एक विकेट लिए।
नेपाली महिला टोली एक हप्ताको बंगलादेशमा रहनेछ। नेपाली महिला टोलीले थप तीन ‘वार्मअप’ खेलमा खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।