काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को चौथौ खेलमा स्कटल्यान्डले भारतलाई ८६ रनको सामान्य लक्ष्य दिएको छ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्ड १७.४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो।
स्कटल्यान्डका लागि जर्ज मुन्शेले सर्वाधिक २४ रनको योगदान दिए। उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
यता,माइकल लीस्कले २१, कलुम म्याकलडले १६ र मार्क वाटले १४ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेकनन्।
स्कटल्यान्डलाई सस्तैमा समेट्न मोहमद शामी र रविन्द्र जडेजाले समान ३ विकेट लिए। यता, जस्प्रित बुमराहले २ विकेट लिए भने रविचन्द्र आश्विनको नाममा १ विकेट रह्यो।
भारतले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर शार्दुल ठाकुरको स्थानमा स्पिनर बरुण चक्रवर्तीलाई मौका दिइएको छ। स्कटल्यान्डले भने टोलीमा कुनै परिवर्तन गरेको छैन।
शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बचाई राख्न भारतलाई आजको खेलमा विशाल जित निकाल्नुपर्नेछ। स्कटल्यान्ड सुपर १२ बाट बाहिरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।