काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को चौथौ खेलमा भारतले स्कटल्यान्डविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
भारतले आजको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। तीव्र गतिका बलर शार्दुल ठाकुरको स्थानमा स्पिनर बरुण चक्रवर्तीलाई मौका दिइएको छ। स्कटल्यान्डले भने टोलीमा कुनै परिवर्तन गरेको छैन।
शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने झिनो अंक गणीतिय सम्भावना बचाई राख्न भारतलाई आजको खेलमा विशाल जित निकाल्नुपर्नेछ।
स्कटल्यान्ड सुपर १२ बाट बाहिरी सकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।