पोखरा– पोखराको फिर्केखोलाको दुबै किनारमा फुटट्र्याक निर्माणको शुभारम्भ गर्न शुक्रबार आयोजित कार्यक्रम क्रममा भएको दुर्घटनाप्रति पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले दुःख व्यक्त गरेका छन्।
शनिबार विज्ञप्ति निकाल्दै मेयर जिसीले सो दुर्घटना असावधानीवश भएको बताएका छन्।
विज्ञप्तिमा हेभी मेसिनरी औजारको प्रयोग गरी फुटट्र्याक निर्माणको शुभारम्भ गर्दा अपनाउनुपर्ने सावधानी नपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना भएको स्पस्ट पार्दै नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन्।
‘घाइते भएका पत्रकार रञ्जन अधिकारी, सन्देश श्रेष्ठ, नगरवासी गौरी पौडेल, केशव बरालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
कार्यक्रमको उद्घाटन गर्ने क्रममा एक्साभेटरमा चढेका उनले लिबर चलाउँदा अगाडिको बकेट घुमेपछि दुर्घटना भएको थियो। बकेटले धक्का दिएर रेलिङ भत्कँदा २ पत्रकारसहित ५ जना खोलामा खसेर घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।