काठमाडौं- भारतीय क्रिकेट टिम (सिनियर पुरुष)को मुख्य प्रशिक्षकमा राहुल द्रविड नियुक्त भएका छन्।
बिसिसिआईले अक्टोबर २६ मा वर्तमान प्रशिक्षक रवी शास्त्रीको स्थानका लागि मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो।
सुलक्षणा नाइक र आरपी सिंह सम्मिलित क्रिकेट सल्लाहकार समितिले बुधवार सर्वसम्मत रुपमा भारतका पूर्व कप्तान समेत रहेका द्रविडलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीई)ले जनाएको छ।
द्रविडले न्युजिल्यान्डविरुद्धको आगामी घरेलु शृंखलाबाट मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएका छन्।
यता, शास्त्री आईसीसी टी२० विश्वकपसम्मका लागि भारतीय टोलीको प्रशिक्षक रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।