काठमाडौं- रोहित शर्मा र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा भारतले टी२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा अफगानिस्तानलाई २११ रनको विशाल लक्ष्य दिएको छ।
शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१० रन बनाएको हो।
भारतका लागि ओपनिङमा आएका रोहितले सर्वाधिक ७४ रन बनाए। उनले ४७ बलमा ८ चौका र ३ छक्का प्रहार गरे।
यता, अर्का ओपनर राहुलले ६९ रन बनाए। उनले ४८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। रोहित र राहुलले पहिलो विकेटका लागि १४.४ ओभरमा १ सय ४० रनको उत्कृष्ट शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुआत दिलाएका थिए।
तीव्र गतिका बलर करिम जन्नतले रोहितलाई मोहम्मद नाबीबाट क्याच गराउँदै साझेदारी तोडेका थिए। अर्का तीव्र गतिका बलर गुलबदीन नाइबले राहुललाई बोल्ड गरे।
त्यसपछि कृजमा आएका ऋषभ पन्त २७ रनमा अविजित रहे। हार्दिक पान्ड्या ३५ रनमा अविजित रहे।
अफगानिस्तानका करिम जन्नत र गुलबदी नाईबले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।