काठमाडौं- आईसीसी टी२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा भारतले अफगानिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
शेख जायद स्टेडियम आबूधाबीमा अफगानिस्तानका कप्तान मोहम्मद नाबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
भारतले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ। न्युजिल्यान्डको खेल खेलेका ईशान किशन र स्पिनर बरुण चक्रवर्ती बेन्चमा छन्।
उनीहरुको स्थानमा अनुभवी स्पिनर रविचन्द्रन आश्विन र सूर्यकुमार यादवले टोलीमा स्थान बनाएका छन्।
बरुणलाई चोटका कारण टोलीमा समावेश नभएका हुन्। यता, सूर्यकुमार फिट भएपछि किशनलाई बेन्चमा राखिएको हो।
यता, अफगानिस्तानका प्रमुख स्पिनर मुजिब उर रहमान आजको खेलमा टोलीमा छैनन्। उनको स्थानमा शराफुद्दिन अशरार्फले मौका पाएका छन्।
सुपर १२ को २ मा पाकिस्तान सुरुवाती ४ खेलमा जितका साथ सेमिफाइनलमा पुगिसकेको छ। भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेट र दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो।
भारत समूह चरणबाटै बाहिरिने संघारमा छ। अंक गणितीय आधारमा झिनो आशा कायमै राख्न भारतलाई आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा भारत पराजित भएमा लगातार तेस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिनेछ।
भारतको प्लेइङ ११ :
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), लोकेश राहुल, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव , हार्दिक पान्ड्या, रविन्द्र जडेजा, रविचन्द्रन आश्विन, शार्दूल ठाकुर, जस्प्रित बुमराह र मोहम्मद शामी
अफगानिस्तानको प्लेईङ ११ :
हज्रातुल्लाह जजाई, मोहम्मद शाहजाद (विकेटकिपर), रहमानउल्लाह गुर्बाज, नाजिबुल्लाह जद्रान, मोहम्मद नाबी (कप्तान), गुलबदीन नाबी, राशिद खान, करिम जन्नत, नविन उलहक, शराफुद्दिन अशरार्फ, र हामिद हसन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।