काठमाडौं- चितवनको भरतपुर महानगरपालिका स्थित १३२/११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सफर्मरहरुमा समस्या आएको छ।
सबस्टेसनमा समस्या आएपछि त्यहाँबाट विद्युत आपूर्ति भएको क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत आपूर्ति बन्द भएको छ।
प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिकाको १ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो।
प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले ट्रान्सफर्मर बदली भइरहेको र छिटो भन्दा छिटो विद्युत आपूर्ति गर्ने प्रयास भइरहेको बताए।
उनले मंगलबार रातभरी मर्मतको काम गरिने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।