काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० वरीयतामा नेपालले सुधार गरेको छ।
सोमबार आईसीसीले सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिँदै १३औं स्थानमा पुगेको हो।
यसअघि नेपाल १४औं स्थानमा रहेको थियो।
वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो, भारत तेस्रो, न्युजिल्याण्ड चौंथौ र साउथ अफ्रिका पाँचौं स्थानमा रहेका छन्।
यता, अष्ट्रेलिया, अफगानिस्तान, वेस्टइन्डिज, बंगलादेश र श्रीलंका क्रमश: छैटौं, सातौं, अठौं, नवौं र दशौं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।